• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

महिला प्रहरी मृत्यु प्रकरण : कर्फ्युले लेटाङ सुनसान


मोरङ : उत्तरी मोरङको लेटाङ–५ खेरुवास्थित विद्यालय क्षेत्र सोमबार दिनभर सुनसान थियो । स्थानीय बासिन्दा घरबाट बाहिर निस्केका थिएनन् । केही घरका बरन्डामा बसेकाहरू धन्न बाँचियो भन्दै थिए । ‘आक्रोशित भीडले एकातिरबाट ढुंगा र बोतलको झटारो हान्यो । अर्कातिरबाट प्रहरीले अश्रुग्यास प्रहार गर्दै हवाई फायर गरे,’ स्थानीय रीता ओझाले आफ्नो घरमा झरेका अश्रुग्यासका सेल र सिसाका टुक्रा देखाउँदै आइतबारको घटना सुनाउँदै भनिन्, ‘बाँचिन्छ भन्ने लागेको थिएन ।’

स्थानीय वीरबहादुर तामाङ अश्रुग्यासले बेहोस नै भए । ‘घरमै झरेको अश्रुग्यासले बेहोस भएछु,’ उनले भने, ‘पछि थाहा पाउँदा स्कुलको कम्पाउन्डभित्रको भीडले बाहिर ढुंगा हान्ने र प्रहरीले अश्रुग्यास छाड्ने भइरहेको रहेछ, घर छाडेर आफन्तको आँगनमा पुगेर बाँचियो ।’

विद्यालय क्षेत्र आइतबार बिहान १० बजेदेखि राति ११ बजेसम्म रणमैदान जस्तै बनाउनमा स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको गैरजिम्मेवारी कारक रहेको स्थानीयको गुनासो छ । उनीहरूले यसअघि विद्यालयकै छात्रालाई दुई पटक यौन दुर्व्यवहार गरेर मौखिक र लिखित माफी पाइसकेका शिक्षकलाई पुनः त्यस्तै घटनामा कानुनी कारबाही नगरी गुपचुप राखेर मिलाउन खोज्दा आइतबारको घटना भएको पुष्टि भएको छ । उक्त घटनामा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु नै भयो । लेटाङमा मोरङ प्रशासनले अर्को आदेश नभएसम्मलाई सोमबार कर्फ्यु लगाएको छ ।

१२ वर्षीया एक बालिकाले आइतबार १० बजे सामाजिक विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई गत शुक्रबार घरमै आएर यौन दुर्व्यवहार गरेको विद्यालय प्रशासनलाई जानकारी गराएकी थिइन् । पौडेल घरमै आएर एक गिलास पानी मागेका थिए । ‘मैले पानी दिँदा उसले मेरो हात समातेर जीउ मुसारेको र आफूमाथि यस्तो काम यस अगाडि पनि पटक–पटक गरेको’ जानकारी अर्का शिक्षक झुमप्रसाद अधिकारीमार्फत उनले प्राचार्यलाई गराएकी थिइन् । पौडेल र बालिकाको घर नजिकै छ ।

त्यसपछि प्राचार्य लक्ष्मीप्रसाद मिश्रले सबै शिक्षक र कर्मचारीलाई स्टाफ कोठामा बोलाए । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवं वडा ५ का अध्यक्ष भूमसूर्य मगर र नगर उपप्रमुख कृष्णकुमारी निरौला पोखरेललाई पनि बोलाइयो । सबै भेला भएपछि ‘पौडेललाई तपाईंको यस्तो क्रियाकलाप धेरै पटक भइसक्यो’ भन्दै यस पटक राजीनामा मागे । उनी राजीनामा दिएर भाग्न तयार भए । उनलाई भगाउन सजिलोका लागि विद्यालयमा एम्बुलेन्स पनि मगाइएको थियो । त्यसैबेला विद्यालयमा आमा समूह र अभिभावकको भीड लागिसकेको थियो । यसअघि २०७२ सालमा पनि पौडेलले विद्यालयकै छात्रालाई यौन दुर्व्यवहार गर्दा विद्यालय व्यवस्थापन समितिले आइन्दा यस्तो नगर्ने उल्लेख गरेको कागज गराएर जोगाएको तत्कालीन प्राचार्य डिल्ली ओझाले बताए ।

उनका अनुसार त्यसअघि पनि पौडेलले यस्तै गतिविधि गरेका थिए र त्यसबेला समितिले मौखिक चेतावनी दिएर जोगाएको थियो । जब नयाँ घटना पनि बाहिर आयो, तब तनाव सुरु भएको विद्यालयका अर्का कर्मचारीले बताए । आमा समूह र अभिभावकले पौडेललाई कालोमोसो दलेर जुत्ताको माला लगाई नगर परिक्रमा गरेर प्रहरीलाई बुझाउन आग्रह गरे । पौडेललाई सकुशल भगाउन नसक्ने स्थिति भएपछि मात्र विद्यालय प्रशासनले प्रहरीलाई जानकारी गराएको ती कर्मचारीले बताए । आफूहरूले पौडेललाई जोगाउन नखोजेको र कानुनी कारबाहीका लागि प्रहरी बोलाएर बुझाउन प्रयास गरेको वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष मगरले दाबी गरे । शिक्षक पौडेल एमालेनिकट हुन् ।

नगर उपप्रमुख र वडाध्यक्ष पनि एमालेबाट विजयी जनप्रतिनिधि हुन् । डेढ बजेतिर एक प्रहरी मोटरसाइकलमा पौडेललाई लिन विद्यालय पुगे । त्यहाँको वातावरण देखेर उनी रित्तै फर्किए । विद्यालयका सहायक कर्मचारी सनबहादुर आङदम्बेले भने, ‘उनी फर्किएपछि थप प्रहरी टोली आइपुग्यो, प्रहरीले पौडेललाई लैजाने प्रयास गरेपछि दोहोरो झडप सुरु भयो ।’

झडप साँझ ८ बजेसम्मै भयो । शिक्षक, कर्मचारी र जनप्रतिनिधि सबैलाई कोठामा थुनेर आक्रोशित भीडले ढुंगामुढा गर्‍यो । प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्दा पनि भीड तितरवितर नभएको स्थानीय रीता ओझाले बताइन् । नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला पोखरेल र आफू ५ घण्टासम्म शौचालयमा बसेर बाँचेको सशस्त्र प्रहरीका एक जवानले बताए । उनका अनुसार प्राचार्यको कार्यकक्ष र स्टाफ कोठामा बसेका अरूलाई भीडले घेरा हालेर कोठाभित्रै कुटपिट गरेको थियो । त्यसक्रममा प्राचार्य मिश्र घाइते भएका छन् ।

आरोपित शिक्षक पौडेललाई राति ९ बजेतिर प्रहरीले गाडीमा हालेर भीडलाई अश्रुग्यासले पन्छाउँदै नजिकैको इलाका प्रहरी कार्यालयतर्फ लग्यो । त्यसबेला केही प्रहरी पैदल हिँड्दै भीडलाई छेक्दै अगाडि बढ्दै थिए । विद्यालयको गेटमै घर भएका पूर्वप्राचार्य डिल्ली ओझाका अनुसार करिब एक किलोमिटर दक्षिण वडा कार्यालय नजिकको धराने चोकको चौरस्तामा भेला भएकाको भीडले पैदल हिँड्दै गरेकी जवान उर्मिला श्रेष्ठलाई प्रहरी समूहबाट थुतेर घाँटीमा चाक्कु प्रहार गरेको थियो । यस क्षेत्रमा बालिकालाई बलात्कार गरेर हत्या गर्ने घटना बढेकाले पनि आक्रोशित स्थानीयले आइतबार यहाँ यस्तो उद्दण्ड गरेको हुन सक्ने ओझाको बुझाइ छ । गत महिना लेटाङ–८ जाँतेमा एक बालिकाको बलात्कारपछि हत्या भएको थियो । विराटनगरस्थित प्रहरी गणबाट जवान श्रेष्ठ आइतबारमात्रै लेटाङ पुगेकी थिइन् । ‘हामी सबै भीड छेक्दै अगाडि बढ्दै थियौं,’ इप्रका लेटाङका प्रहरी निरीक्षक रोमनराज अर्यालले भने, ‘भीडले उर्मिलालाई धराने चोकमा आक्रमण गर्दा मृत्यु भएको हो ।’

खोटाङ माइती भएकी श्रेष्ठको घर उदयपुरको त्रियुगा हो । २०७६ साउनमा प्रहरीमा भर्ना भएकी उनको गत वैशाखमा प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो । उनका दाजु भुवन र भाउजू मीना पनि प्रहरी सेवामै छन् । उर्मिलाको शव अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताए । घटनामा संलग्नताको आशंकामा सोमबार ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले सोमबार उर्मिलाका श्रीमान् नवीनलाई फोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले राहत दिने बताएका छन् ।

kantipur

  • कर्फ्युले लेटाङ सुनसान
  • महिला प्रहरी मृत्यु प्रकरण
मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला
रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

  • ६.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • ७.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ८.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.