• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ७. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

छोरीको जिवन आखिर कहिलेसम्म धरापमा , एक १८ महिने वालिकाको करणी पछि हत्या !

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की १८ महिने बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले आइतबार पत्रकार सम्मेलन गर्दै बालिका हत्या घटना सार्वजनिक गरेका छन्। १८ महिनाकी बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा सुन्दरहरैँचा–७ का २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरी पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जना सहोदर दाजुभाइ भएको एसपी जिसीले बताए।

फागनु २७ गते शुक्रबार साँझ साढे ५ बजेतिर घरमा खेल्दै गरेकी बालिका अचानक हराएपछि खोज्ने क्रममा करिब १ घण्टापछि साढे ६ बजेतिर घरदेखि करिब डेढ सय मिटर उत्तर पश्चिममा रहेको सानो झाडीमा अचेत अवस्थामा उनकै आमाले फेला पारेकी थिइन्। नग्न अवस्था, टाउकोको दाया बाँया सुन्निएको र योनीमा रगत बगेको अवस्थामा बालिका भेटिएकी थिइन्। अचेत अवस्थामा भेटिएकी बालिकालाई तत्कालै गछियास्थित स्थानीय अस्पतालमा उपचार गर्न लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

बालिकाको उपचारका क्रममा शुक्रबार राति साढे १२ बजेतिर मृत्यु भएको बताएका एसपी जिसीले भने, ‘घटनाको अनुसन्धान गर्न आफैं पुगेको र घटनाको प्रकृति हेर्दा निकै दर्दनाक देखिएको थियो। त्यस घटनाको प्रकृति हेर्दा जबरजस्ती करणी गरी हत्या गरिएको आधारमा हाम्रो टोलीले अनुसन्धान थालेको र तुरुन्तै घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएका हौं।’

शुक्रबार दिउँसो ३ बजेतिर गछिया खोलामा बालुवा चाल्दै गरेका दाइ मिथुनसँग अजयको भेटघाट भई केरा बगानमा गएर दुवै जनाले गाँजा खाए। गाँजा खाएपछि दुवै जनाको सल्लाह भएपछि अजयले बालिकालाई पहिला पनि घरमा एक्लै देख्ने गरेको हुँदा दाइलाई त यहाँ बस्दै गर सो घरमा गएर बच्चा भेटे भने लिएर आउँछु भनेर हिँडेका रहेछन्। घर नजिक एक्लै खेल्दै गरेको देखेपछि बच्चालाई १० रुपैयाँ र चकलेट दिएर बोकी झाडीमा ल्याएको देखिएको छ। यसरी ल्याएपछि अजयले करणी गर्न थालेपछि बालिका रुन थालेको र उनको टाउकोमा बियरको बोतल तथा ढुंगासमेतले प्रहार गरेको प्रहरीले जनाएको छ।

अजयले करणी गरेपछि मिथुनलेसमेत करणी गरेपछि सोही झाडीमा बालिकालाई छाडेका थिए। उक्त घटना स्थलमा बियरको बोतल छाडेको र २ वटा ढुंगा अजयले केही पर उत्तर पश्चिममा फालेको पाइएको प्रहरीले जनाएको छ। दुवै जना लागुऔषध प्रयोगकर्तासमेत रहेको खुलेको छ। घटना भएपछि दुवै जना नजिकै रहेको रक्सी भट्टीमा गई अजयले रक्सी र मिथुनले चाउचाउ खाएका थिए। त्यसपछि मिथुन आफ्नो मामा घर गएको र केही समय अजय भट्टीतिर बसेर उ पनि मामा घर गएर बसेको अवस्थामा शनिबार बिहान दुवै जनालाई त्यहीँबाट पक्राउ गरिएको एसपी जिसीले जानकारी दिए।

अजय २ वर्षअघि २ वर्षीया बालिका अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परी मुद्दा खेप्दै २०७८ मंसिर १८ गते जेलमुक्त भएका हुन्। ‘मृतक बालिकाको घर बस्तीको अन्तिममा रहेको र त्यसपछि गछिया खोला सुरु हुने हुँदा सुनसान रहेछ,’ एसपी जिसी भने, ‘पक्राउ परेकालाई कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाएका छौं।’

nagariknews

  • १८ महिने
  • करणी
  • वालिका
  • हत्या
आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.