चितवन : चितवनमा चोरी कार्यमा संलग्न २० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।
आज विहिवार बिहान ५.३० बजेको समयमा जिल्ला चितवन ईच्छकामना गा.पा.७ भालुमारामा नदिजन्य पदार्थको उत्खनन तथा ओसार पोसार गरिरहेको अबस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा ४ वटा जेसिवि, लोड गरिसकेका १० वटा टिफर र ६ वटा ट्रयाक्टर गरी जम्मा २० वटा सवारी साधन परेका छन् ।
ति साधनहरुलाइ कार्बाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय, भरतपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।