चितवन : चितवनमा वैंङ्क चेकमा नक्कली दस्तखत गरी ठगी गर्ने फरार २ जना पक्राउ परेका छन् ।
जिल्ला चितवन रत्ननगर नगरपालिका वडा न.१ सौराहारोड स्थित न्यु लक्ष्मी इन्टरप्राइजेज संचालक कृष्ण प्रसाद तिवारीसँग माघ १४ गते चार लाख अडसठ्ठी हजार चार सय पैतिस बराबरको रड खरिद गरी अरूको चेकमा नक्कली दस्तखत गरी ठगी गरी फरार २ जना पक्राउ परेका हुन् ।
पक्रउ पर्नेमा कालिका नगरपालिका वडा न.१ बस्ने वर्ष ३६ को उज्जवल कुँवर र जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न. ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदिप कार्की रहेका छन् ।
उनीहरुलाइ हिजो २५ गते वुधवार कालिका नगरपालिका वडा न. १ लंकालाईनबाट प्रहरीले पक्राउ गरेको हो ।
चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानाएको छ ।