• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

वास्तुशास्त्र : घर निर्माण गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु


काठमाडौं : वास्तुशास्त्रलाई प्राचीन विज्ञान मानिन्छ । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको बयान गरिएको छ । वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ । जसमा देव शिल्प र मानव शिल्प रहेका छन् ।

देव शिल्पमा मठमन्दिर, यज्ञशाला आदि निर्माण विधिबारे बताइएको छ भने मानव शिल्पमा आवासीय भवन र त्यहाँका शयन कक्षहरुको निर्माण विधिबारे बयान गरिएको छ । वास्तुशास्त्रले घर बनाउँदा ध्यान दिनुपर्ने दिशा र कोणबारे उल्लेख गरेको छ । यसले घर निर्माणबारे सुझाएको छ ।

 

वास्तुशास्त्रको पालना गरी बनाइएका घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने र घरमा बस्दा उत्साह, उमंग र उल्लासको अनुभूति हुने गर्छ ।

बस्न योग्य स्थानलाई व्यवस्थापन गर्ने कामलाई वास्तु भनिन्छ । मानव शरीर पञ्च भौतिक तत्व पृथ्वी, जल, तेज, वायु, आकाश मिलेर बने जस्तै वायुमण्डल पनि यिनै पञ्च भौतिक तत्व मिलेर बनेको हुन्छ । मानव शरीर र वायुमण्डलका यिनै तत्वलाई एकापसमा मिलाएर वा सामीप्य गराएर वास्तु मिलाइन्छ ।

 

वास्तुशास्त्रलाई परापूर्वकालदेखि मान्यता दिंदै आएपनि अहिले बाक्लिंदै गएको सहरीकरण र जनसंख्याका कारण वास्तुशास्त्र अनुसार घर बनाउन सम्भव छैन । भनेको स्थानमा जग्गा पाइँदैन । पाइएपनि भनेको जस्तो पाइँदैन । यस्ता समस्याका बाबजुद पनि वास्तुलाई अनुशरण गर्न सकेमा भविष्यमा आउन सक्ने सम्भावित बाधा व्यवधानलाई भने कम गर्न सकिन्छ ।

कस्तो हुनुपर्छ वास्तुअनुसार घर-जग्गा

जग्गा

वास्तुशास्त्र अनुसार सबैभन्दा राम्रो पूर्वतिर फर्केको जग्गालाई लिइन्छ । यसपछि उत्तर फर्केको र दक्षिण-पश्चिम फर्केको जग्गा राम्रो मानिन्छ।

तर पूर्वतिर भएपनि भिरालो, ओरालो जग्गा वास्तुअनुसार राम्रो मानिंदैन । जग्गा समतल स्थानमा हुनुपर्छ । जग्गा दक्षिणतर्फ ओरालो पनि हुनुहँुदैन ।

मूलढोका

घरको मूलढोका पूर्वतिर हुनुपर्छ । सूर्यको किरणबाट सकारात्मक ऊर्जा आउने भएकाले मूलढोकाका लागि पूर्व दिशा उपयुक्त मानिएको हो । यसबाहेक उत्तरतिर पनि मूल ढोका राख्न सकिन्छ ।

खासगरी पहाडी र हिमाली क्षेत्रमा दक्षिणतर्फको मूलढोकालाई शुभ मानिन्छ । मूलढोका अन्य ढोकाको तुलनामा अग्लो र ठूलो हुनुपर्छ । मूलढोकामा तोरण बाँध्नुपर्छ । जसका कारण देवीदेवता खुसी तथा प्रसन्न हुन्छन् । यसो गर्दा घरको प्रतिष्ठासमेत बढ्छ ।

ढोका राम्रोसँग खुल्ने र आवाजसमेत नआउने हुनुपर्छ । वास्तुअनुसार आफैं खुल्ने आफैं बन्द हुने मूलढोका राम्रो मानिंदैन ।

घरमूलीको कोठा

घरमूलीको कोठा अन्य कोठाको तुलनामा ठूलो हुनुपर्छ । कोठामा माथि बिम हुनुहुँदैन । बिम भए तनाव बढ्नेजस्ता अन्य समस्या देखिन सक्छन् ।

सुत्नेकोठा

बालबालिका वा वृद्धि विकास भइसकेका व्यक्तिको कोठा पूर्वतिर हुनुपर्छ । श्रीमान-श्रीमती र घरमूली सुत्ने कोठा जहिल्यै दक्षिण-पश्चिममा हुनुपर्छ ।

बालबालिकाको पढ्ने कोठा

वास्तुअनुसार पढ्ने कोठा पूर्वतिर भएका सबैभन्दा उत्तम मानिन्छ । यसबाहेक पूर्व-उत्तर दिशाको कुनामा समेत यो कोठा बनाउन सकिन्छ ।

पूजा कोठा

सकारात्मक ऊर्जाका लागि पूर्व दिशा उपयुक्त मानिन्छ । यसकारण पूर्वको कोठा वा पूर्वको कुनामा पूजा कोठा बनाउन सकिन्छ ।

पाहुना कोठा

पाहुना कोठा जहिल्यै उत्तर-पश्चिमको स्थानमा हुनुपर्छ । वास्तुअनुसार चन्द्रमालाई छिटो चलायमान हुने ग्रहका रुपमा लिइन्छ ।

बैठक कोठा

बैठक कोठा सधैं पूर्वोत्तर स्थानमा हुनुपर्छ । बैठक कक्ष खुलेको र अन्य कोठाभन्दा ठूलो हुनु आवश्यक छ । यहाँ घरसल्लाहदेखि लिएर विभिन्न छलफल गर्नुपर्ने भएकाले यो कोठा उत्तर-पूर्वमा राम्रो मानिन्छ ।

भान्साघर

पूर्व र दक्षिणबीचको दिशालाई आग्नेय दिशा भनिन्छ । यो दिशामा भान्साघर बनाउन सकिन्छ । भान्साघरमा चुलो दक्षिणतर्फ फर्केको हुनुहुँदैन र घरमूलीले दक्षिणतर्फ फर्केर कहिल्यै खाना खानुहुँदैन ।

वास्तुशास्त्र अनुसार भान्साघर र शौचालय एकै ठाउँमा बनाउनु हुँदैन । भान्सा र शौचालय एकै ठाउँमा बनाउँदा सामानहरु अत्यधिक प्रयोग हुने, खाद्यसामग्री खेर जाने, खुसी हराउने तथा रोगी हुने हुन्छन् ।

शौचालय

पूर्व र उत्तर दिशाको कुनामा शौचालय बनाउनु हुँदैन । यो दिशामा शौचालय बनाउँदा सूर्यको किरणसँगै नकारात्मक तत्व घर प्रवेश गर्ने सम्भावना रहन्छ । यस्तो भएमा घरपरिवारको सदस्यको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पर्छ ।

वास्तुअनुसार पूर्व र उत्तर दिशाबाट सकारात्मक ऊर्जा बहन्छन् भने पश्चिम र दक्षिण दिशाबाट बाहिर निस्किन्छन् । शौचालय जहिल्यै दक्षिण-पश्चिममा बनाउनुपर्छ ।

सिंढी

सिंढी ओजनदार भएकाले यसलाई दक्षिण-पश्चिममा बनाउनु उपयुक्त मानिन्छ । सिंढीमुनि शौचालय निर्माण गर्नु हुँदैन । सिंढीमुनि शौचालय निर्माण गरे घरपरिवारका सदस्य बिरामी पर्ने र स्वास्थ्यमा समस्या देखिने गर्छ । सिंढीमुनि शौचालय भएको घरमा दीर्घरोगी हुने वास्तुशास्त्रले बताउँछ ।

पानी

पानी जहिल्यै उत्तर दिशामा राख्नुपर्छ । खानेपानीको धारा ट्याङ्की तथा इनारलाई पूर्वोत्तर दिशामा निर्माण गर्नुपर्छ ।

उत्तर दिशाबाट सकारात्मक ऊर्जा आउने हुदा उत्तर दिशा जहिल्यै सफा सुग्घर राख्नुपर्छ । घरमा आर्थिक समस्या आए, कमाएको बचत नहुने भएमा उत्तर दिशा सफा गरे समस्या समाधान हुन्छ ।

  • कुराहरु
  • गर्नुअघि
  • घर
  • ध्यान दिनुपर्ने
  • निर्माण
  • वास्तुशास्त्र
बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

लोकप्रिय

  • १.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.