काठमाडौ : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनामा कार्यरत गोर्खा सैनिकले निःस्वार्थ सेवा र बलिदान गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।
नेपालस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले भारतको ७४औं सेना दिवसको अवसरमा आयोजना गरेको समारोहमा बोल्दै क्वात्राले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले दुई देशका सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्नुभएको थियो ।
उहाँले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गर्नुभएको भारतीय दूतावासले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।