काठमाण्डाै : ई-सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । ई-सेवामा ५० हजार जम्मा गरेमा दुई हजार पाँच सय रुपैयाँ बोनस पाइन्छ भनी जम्मा गर्न लगाइ ठगी गर्ने दुई जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाले आइतवार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलम रहेका छन्।
पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई सात लाख २७ हजार रुपैयाँ ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डाै पठाइएको महाशाखाले जनाएको छ ।