काठमाडौं : आफ्नै सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छिन् । प्रहरीले सासुको हत्या गरेको ओरोपमा बुहारीलाई पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या भएको थियो ।
सोही घटनामा संलग्न भएको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती पक्राउ परेकी हसन् । सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्ती पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार छिमेकीको घरमा न्वारानमा सहभागी भएकी इन्द्राकुमारी राति अबेरसम्म नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार घर नजिकैको खोल्सामा लाश फेला परेको थियो । उनको शव रगताम्य अवस्थामा भेटिएको थियो ।
घरायसी विवादका क्रममा बुहारी बसन्तीले काठको मुङ्ग्रोले प्रहार गर्दा सासू अचेत भएको र छिमेकी दुर्गा घर्तीको सहयोगमा बारीको ढिकबाट खोल्सामा खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ । घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।