काठमाण्डौ – काठमाण्डौको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गएको छ ।
ठक्कर दिने बसको नम्बर खुलेको छैन । बस चालक फरार छन् ।
बालाजुको गङ्गा हलअगाडि बिहान ६ बजे भएको दुर्घटनामा रसुवाका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०–५५ वर्षीया महिलाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी एवम् प्रवक्ता सञ्जीव शर्माले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।