चितवन : यौन क्रियाकलापमा संलग्न तीन महिला र दुई पुरुष गरि पांँच जना पक्राउ परेका छन । उनीहरु नारायणगढबाट गैरकानुनि क्रियाकलाप भइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत बिहार घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २ डेरा गरी बस्ने मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका वडा नम्बर १ बस्ने सन्जोग महरा, नवलपरासी बौदिकाली गाउंँपालिका वडा नम्बर ६ का मुस्कान ठकुरी , भरतपुर महानगरपालिका वडा नम्बर ७ का रोशनी मगर र नवलपरासी जिल्ला देवचुली नगरपालिका वडा नम्बर २ घर भएकी सो होटल सञ्चालिका कल्पना महरा रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बुधबार लायन्स चोक स्थित नारायणगढको कल्पना होटल एण्ड लजमा गैरकानुनि क्रियाकलाप भइरहेको छ भन्ने सुचना प्राप्त हुन साथ सो स्थानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।