एजेन्सी : रूसी अन्त्येष्टि कम्पनीको विज्ञापनले अहिले दुनियाँ चकित बनेको छ ।
रूसमा शवगृह सेवा प्रदान गर्ने कम्पनीको विज्ञापनमा विवाद भएको हो । कम्पनीको एक विज्ञापनमा कफिन लगाएका बिकिनी लगाएका महिलाहरु देखिएका छन् ।
कतिपय महिलाहरु कफिनमा सुतिरहेको पनि देखिन्छन् । यसै क्रममा विज्ञापनमा केही महिलालाई पनि नग्न देखाइएको थियो ।
यो विज्ञापन सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै प्रयोगकर्ताहरूले यो मस्कोस्थित कम्पनी होरोनिम अन्डरटेकर (HORONIM.RU undertakers) लाई ट्रोल गर्न थाले।
कम्पनीले भर्खरै आफ्नो इन्स्टाग्राम र टिकटक खाताहरूमा ४२ सेकेन्डको विज्ञापन भिडियो साझा गरेको छ। धेरैले प्रश्न गरेका छन् कि शोकमा पनि सेक्स बेचिन्छ ?
भिडियोमा बिकिनी लगाएका धेरै मोडलहरू कफिनसँग उभिएर पोज दिइरहेका देखिन्छन् ।
मोडलहरू पनि कफिनको माथि आपत्तिजनक अवस्थामा सुतेको देखिन्छ। यो विज्ञापन मार्फत कम्पनीले आफ्नो फ्युनरल सर्भिसको प्रवर्द्धन गरिरहेको थियो ।
टिकटक र इन्स्टाग्राममा यो विज्ञापनको भिडियो क्रमशः जनवरी २१ र २२ मा पोस्ट भएदेखि हजारौं पटक हेरिएको छ।
विज्ञापन मार्फत कम्पनीले आफूसँग तालिमप्राप्त एजेन्टहरू रहेको बताएको छ, जसले अन्त्येष्टिको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित गर्दछ। यो विज्ञापनको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा कम्पनीको आलोचना भइरहेको छ ।
एक प्रयोगकर्ताले कमेन्ट गर्दै ‘कम्पनीको दिमाग खराब भएको छ’ लेखेका छन् । जबकि अर्को प्रयोगकर्ताले लेखेका छन् कि मानिसहरूले आफ्नो सीमा बिर्सेका छन्।
त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो दुखद समय र निजी पलको विज्ञापन गर्न हामीलाई नग्न महिला किन चाहिन्छ ? अधिकांश प्रयोगकर्ताहरूले यो विज्ञापनलाई आपत्तिजनक विज्ञापनको रूपमा व्याख्या गरेका छन्।