काठमाण्डौ : भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा बा ५ ख ३० २० नम्बरको वसले बा ७० प ९१ ३८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएपछि मोटरसाइकल पछाडि बसेकी महिलाको मृत्यु भएको हो।
बनेपाबाट काठमाण्डौका लागि छुटेको बसले सूर्यविनायकको बाँसघारीमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मृत्यु हुने महिला दोलखाको गौरीशंकर गाउँपालिका घर भई नलिञ्चोक बस्ने ४० वर्षकी गंगा बस्नेत रहेको प्रहरीले जनाएको छ ।
बस चालक काभ्रेको बनेपाका रवीन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले पक्राउ गरेको छ ।