उखु बोकेको ट्याक्टरमा यात्रुबाहक बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा सो दुर्घटना हुदा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस दुर्घटनामा परेको हो ।
हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्याक्टरमा बसले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण बस ट्याक्टरमा ठोक्किएको आँकलन गरिएको छ।
घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो ।
बस चालकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्याक्टर चालकको पहिचान हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।