गायक पशुपति शर्माका बुबाको चाहना थियो, उनी डाक्टर बनून् । तर, उनको आफ्नै सपना भने गायक बन्ने थियो । परिवारको इच्छाविपरीत उनी गायनमा लागे र सबैको मनमुटुमा बस्नथाले । २०४० साल कात्तिक १४ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका पशुपति शर्माको बाल्यकाल पुतलीजस्तै गाउँदै रमाउँदैमा बित्यो । स्कुल तहको पढाइ स्याङ्जाको पुतलीबजारमै बिताएका उनी सानामा साह्रै चञ्चले थिए ।
तीन दिदी तथा एक जना दाजुका कान्छा भाइ उनी सबैको माया पाएर होला अलि बढि उटपट्याङ गर्थे । आज पुराना दिन सम्झिँदा उनलाई कलाकार हुन सानैबाट चञ्चले हुनुपर्दो रहेछ जस्तो लाग्नथालेको छ । गाउँको जीवनशैली घरमा कहिलेकाहीँ आँटोढिँडो पनि पाक्थ्यो ।
त्यो दिन आमाले अन्तिममा भात खाएर बाहिर चुठ्न निस्किनुपर्छ है भन्नुहुन्थ्यो । तर, उनी ढिँडोको डल्लै हातमा लिएर खाँदै बाहिर निस्किन्थे । खाको पनि लुकाएर हुन्छ, देखाएर खानुपर्छ भन्ने उटपट्याङ् स्वभावका कारण उनी त्यसरी बाहिर आएको आज पनि सम्झिन्छन् । खेतमा काम गर्न आउने खेतालालाई पनि उनी हसाए काम गर्नै नसक्ने बनाउँथे ।
उनकी आमाले हरेक सिजनका खेताला लगाउने बेलामा ‘बरु तँ काम नगर् कान्छा खेताला नबोला है’ भन्नुहुन्थ्यो । तर, आमाले भनेर उनलाई कहाँ लाग्थ्यो र उनी खेतमा उट’पट्याङ् गरेरै छाड्थे । सानामा उनले आफ्ना बाबु आमालाई खुब सताएका छन् । गाली त कसैले गर्नै हँुदैनथ्यो, उनी झन् धेरै निहुँ खोज्थे उनलाई जति गल्ती गरे पनि फकाउनुपर्थ्यो । अहिले उनको यो सम्पूर्ण गुण उनकी छोरीमा सकेको छ ।
स्कुलका सधँै प्रथम हुन्थे तर उनी स्कुल जान खुब अल्छी थिए । उनले स्कुल नजानका लागि घाँसको डोको फाल्नेलगायतका विभिन्न उटपट्याङ् गरेका छन् । आमाले अनुशासित हुनुपर्छ छोरा भनेर सिकाएको कुरा उनी स्कुलमा चाहिँ सधैँ सम्झिन्थे । स्कुलमा राम्रा विद्यार्थी थिए ।
गायनमा लाग्दाका सुरुवाती दिनमा उनलाई गायनमा संघर्ष गर्न निक्कै गाह्रो भयो । उनलाई परिवारको गायनमा सपोर्ट थिएन । हुन त गायनका सुरुवाती दिनमा उनी परिवारलाई नभनी लुकीछिपी गायनमा हिँड्थे । कुनै समय यस्तो थियो उनी कजेलमा काम छ भनेर घरबाट निस्किन्थे र विभिन्न कार्यक्रममा गीत गाउन पुग्थे । त्यही समय हो, उनका पिताले उनलाई गाउँदा गाउँदै स्टेजमा भेटेका थिए ।
त्यो दिन उनी प्रथम भए, तर, प्रथम भएको खुसीभन्दा उनी घरमा झन् कडाइमा परेका थिए । त्यो समय उनलाई आमा र दाइले विशेष गाली गर्नुभएको थियो । पशुपति जुन समय गायनमा आएका थिए । उनलाई गायनमा सहयोग गर्ने उनले चिनेका कोही थिएनन् । त्यसोत उनी आफैँमा पनि कुनै पनि किसिमको सांगीतिक ज्ञान थिएन । राजधानी बसाइका दुई वर्षपछि दोहोरी साँझमा गाउँन थालेका पशुपतिलाई
पहिलो एल्वम निकाल्ने बेलामा उनका अग्रजहरुले उनलाई एल्वम ननिकाल्न सुझाव दिएका थिए । तिमीले गाउने होइन, तिमीले गाएर हुँदैन भन्दाभन्दै पनि जबर्जस्ती गायनमा लागे । थुप्रै पटक राष्ट्रिय लोकगायनमा प्रथम बनेका उनलाई गायनका सुरुवाती दिन सम्झिँदा आज कसरी त्यति धेरै सघर्ष गरें होला भन्ने लाग्छ । आफू पटक पटक मरेर कलाकार बनेको बताउने उनले गायनमा सबैको माया पाएकाले पनि ती सबै संघर्षलाई बिर्सिएका छन् ।
हात भाँ’चिए’पछि त’ना’वमा चर्चित गायक पशुपति शर्मा, भन्छन् दिनकै लाख कमाउँथे हात भाँ’चि’एपछि सबै कुरा ठ’प्प छ ।