काठमाडौँ, ३० । बोक्सी चढेको भन्दै एक महिलामाथि काठमाडौंमै निर्घात कुटपिट भएको छ। बोक्सी चढेको भन्दै धामीसहित उनका श्रीमानले कुटपिट गरेका थिए। उनीहरुसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंस्थित ठूलो भर्याङमा गत भदौ २१ गते घटना भएको थियो। महिलाले पेट दुख्यो भनेपछि उनका श्रीमानले धामीकोमा लगेका थिए। धामीले महिलालाई बोक्सी चढेको भन्दै मिलेर निर्घात कुटपिट गरेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा महिलाका श्रीमान, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन्।