काँग्रेस महाधिवेशन : राप्ती छ को मतदान केन्द्र तोडफोड
नेपाली काँग्रेसको वडा अधिवेशन अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ को मतदान केन्द्रमा सोमवार तोडफोड गरिएको छ ।
सार्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बेला पार्टी सभापति शेरबहादुर देउवा निकटका युवाहरुले मतदान केन्द्रमा तोडफोड गरेका हुन । उनीहरुले मतदान अधिकृत रामनाथ ढकाललाई समेत हातपात गरेको काँग्रेसका नगर सभापति नारायण उप्रतीले जानकारी दिए ।
असन्तुष्ट युवाहरुले माइनुट,खातापात च्यात्नुका साथै कुर्ची टेलब टोडफोड गरेको नगर सभापति उप्रेतीले जानकारी दिए । मतदान केन्द्रमा तोडफोड भएपछि सो वडाको अधिबेशन स्थगित गरिएको छ ।
राप्तीमा ९ वटा वडामा सर्वसम्मत नेतृत्व छनौट गरिएको छ भने ३ वटा वडामा मतदान भएको थियो