गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ६ गैँडाचोक देखि करिव १०० मिटर भित्र एक पुरुषको शव फेला परेको स्थानीयले जानकारी दिएका छन् ।
अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो । उनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अहिलेसम्म केहि जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले अहिले अवेर भएको भन्दै भोली मात्रै मुचुल्का उठाउने तयारी गरेको छ ।
गैँडाकोटमा एक पुरुषको वेवारिसे शव भेटियो
गैँडाकोटमा एक पुरुषको वेवारिसे शव भेटियो

तपाईको प्रतिक्रिया