हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।
श्रीमान र श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । श्रीमान श्रीमतीको सम्बन्ध संसारकै उच्च कोटीको भावनात्मक सम्बन्ध मानिन्छ । जसमा श्रीमान श्रीमती दुवै पक्षको आपसी समझदारीले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ
जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको कतिपयको सम्बन्ध बिच बाटोमै आएर तोडिन्छ । एउटै छानोमुनी बस्ने, एउटै ओछ्यानमा सुत्ने, एउटै थालमा खाने भावनात्मक सम्बन्ध जोडिएका जोडिहरु एकाएक किन टुट्छन् ? आत्मियताको साथ प्रगाढ बनेको सम्बन्धमा कटुता आउनु भ्रम र अविश्वास बढ्नु अन्ततः अलग विषय हुन् । तर सम्बन्धलाई पुनविराम दिने अवस्थामा पुग्न एउटै कारण हुँदैन् । यो बेला दुवैले आफुहरुको सम्बन्धमा केही न केही गल्ती गरेकै हुन्छन् । एक दाम्पत्य जोडी टुट्नु एक दुखद कुरा कुरा हो । यसले श्रीमान श्रीमतीलाई मात्र हैन उनीको सन्तानलाई समेत नराम्रो असर पर्छ । उनीहरुका आफन्त, नातेदार इष्टमित्र छरछिमेकी यस्तो कुराबाट प्रभावित हुन्छन् ।
जब दम्पतिबिच फाटो आउँछ तब उनीहरु एउटै छानोमुनी बस्न सक्दैनन् र अलग हुन बाध्य हुन्छन् । पति पत्नीबिचको महत्वकांक्षा पनि कहिलेकाही दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ । एक विवाहित महिलाले घरको संघार नाघेर बाहिर आउनु बिद्रोह गरे जतिकै हो । कतिपय यस्तो परिवार हुन्छ जहाँ यस्तो अशोभनिय काम गर्नु र आफुलाई खुुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्नो इच्छा आंकाक्षालाई खुम्चाएर राख्न बाध्य हुन्छन् । घरको परिधिबाट बाहिर जान खोज्दा पति पत्नी बिचको सम्बन्धमा मतभेद आउँछ । कारण सम्बन्धले अर्कै मोड लिन्छ । कतिपय श्रीमती उच्च महत्वकांक्षा हुने हुँदा उनीहरु परिवारको परिधिबाट बाहिर आउन चाहन्छन् । यस्तो अवस्थामा श्रीमान श्रीमतीको मतभेद मिल्दैन् । यस्तै कुरालाई नियाल्नै जाने हो भने के श्रीमती महत्वाकांक्षी हुनु समस्या हो त ? भन्ने जटिल प्रश्न आउन सक्छ किनकी हाम्रो समाजमा एक विवाहित महिलालाई परिवार सम्हाल्ने दायित्व दिएको हुन्छ ।
सामाजिक परम्परालाई स्वीकार गर्ने हो भने एक महिलाले छोराछोरी, सासु, ससुरा घर व्यवहार सम्हाल्नुपर्ने हुन्छ । पत्नीले घरको काम सम्हालेपछि पतीलाई घरबाहिरको जिम्मेवारी दिएको हुन्छ ।यद्यपी यस्तो किसिमको तालमेलले दाम्पत्य जीवनमा सुख छाउँछ । तर एक महिला तथा एक श्रीमती घरधन्दामा नै सिमित हुनुपर्ने अवस्था सिर्जना हुन्छ । यसअर्थ श्रीमतीको महत्वकाक्षा आफैमा समस्या भने होइन् । तर त्यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु चाँही समस्या हो । अक्सर श्रीमतीको महत्वकांक्षा पुरा गर्ने बाटोमा श्रीमानले सहयोग गर्छन त भन्ने कुरामा नकारात्मक जवाफ आउन सक्छ । किनकी पुरुष आफै अभिमान हुन्छ । अक्सर धेरै श्रीमान चाहन्छन् की श्रीमती आफु भन्दा अगाडी नजाओस् ।
अबका पती पत्नी एक अर्काको कुरालाई सहजै स्वीकार गरेर आफुलाई खुम्च्याएर बस्न चाहदैनन् । यता श्रीमान आफ्नो अडान छोडेर पछाडी हट्दैनन् । हो यही अवस्था आएपछि श्रीमान र श्रीमतीले आफुहरुको सम्बन्धलाई अलग गर्ने निर्णय गर्न बाध्य हुन्छन् । यसअर्थ श्रीमान श्रीमती बिचको अहंम अडानले उनीहरुमा फाटो ल्याउँछ र सम्बन्भलाई टुट्न बाध्य बनाउँछ । श्रीमान श्रीमती दुवैको आ आफ्नो इच्छा आकंक्षा हुन्छ । उनीहरुको लागि सर्वोपरि भनेको आफ्नो परिवार हुन् । जुन उनीहरुले नै रचेका हुन्छन् । यसलाई जोडेर राख्ने दुवैको दायित्व हो । एकअर्कालाई मजबुत र विश्वासमा जिउनको लागि केही कुरालाई आत्मासाथ गर्नु जरुरी रहेको हुन्छ । जस्तै : श्रीमान श्रीमती बिचको कुनै पनि प्रतिस्पर्धा सुखद हुँदैन् । यसबाट बच्न एकअर्काको भावना इच्छालाई कदर गर्नुपर्छ ।
एकअर्कालाई सम्मान गरे सबै कुरा पाउन सक्छन् । श्रीमतीले आफ्नो करियर आफै निर्माण गर्न चाहन्छिन् हाँसिल गर्न चाहन्छिन् भने त्यो गलत होइन् । यो श्रीमतीको हक हो । श्रीमानले यो कुरा बुझ्न जरुरी छ की त्यसबाट उनले के पाउँछिन् भन्ने कुरा बुझ्न जरुरी रहेको छ । श्रीमानको प्रोत्साहन र प्रशंसाले श्रीमतीको प्रतिभामा निखार आउँछ । उनको मनसाय श्रीमतीलाई होच्याउने होइन आफ्नो श्रीमती प्रगतिशिल छन्, सार्वजनिक जीवन बिताइरहेकी छन् भन्ने चाहना राखेमा श्रीमानलाई हीनताबोध हुँदैन् । यसरी एक अर्कालाई बुझेर अगाडी बढ्न सके परिवारलाई सुन्दर बनाउन सकिन्छ ।
नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।
हाेसियार ! सुत्नु अघि बिर्सेर पनि गर्दै नगर्नुहोस यी कामहरू
हाम्रो शरिर स्वस्थ राख्नको लागि स्वस्थ खानपान र व्यायाम मात्रै होइन आरामको पनि महत्वपूर्ण भुमिका हुन्छ । चिकित्सकहरुका अनुसार हामीले दैनिक कम्तीमा ७ देखी ८ घन्टा राम्रोसँग सुत्नु पर्छ दिनभरीको काम र ब्यस्त जिवनीले गर्दा बेलुका हाम्रो शरिर निक्कै थाकेको हुन्छ ।
तर पनि राती बिच्छ्यौनामा पल्टिँदा धेरै जसो मानिसलाई सजिलै निन्द्रा लाग्दैन । यस्तो हुनुमा हाम्रो अव्यवस्थित जिवनशैली जिम्मेवार छ । यदि तपाई राम्रोसँग सुत्न चाहानुहुन्छ भने राती सुत्नुअघि कहिल्यै नगर्नुहोस यी ८ काम
१. सुत्नु अघि व्यायाम
हाम्रो स्वास्थ र शरिरको लागि व्यायाम एकदमै महत्वपूर्ण कुरा हो तर राती सुत्न भन्दा कम्तिमा तिन घन्टा अगाडी नै गरेको राम्रो । किनभने एक्सरसाइजले शरिरको तापक्रम बढाँउछ र सुत्न असजिलो बनाँउछ त्यसैले सुत्न अघि कहिल्यै पनि एक्सरसाइज नगर्नुहोस ।
२. टिभी हेर्ने वा वेव सर्फ गर्ने
अध्ययनहरुका अनुसार सुत्न अघि स्क्रिन हेर्नाले तपाईको शरिरको निदाउने क्षमतामा ह्रास आँउछ । किनभने स्क्रिनहरुको उज्यालाले मेलाटोनिन नामक हर्मोनको विकासमा बाधा पुर्याउँछ जसले सुत्न सहयोग गर्छ । त्यसैले राती सुत्नु भन्दा एक घन्टा पहिले नै ल्यापटप, कम्प्युटर वा टिभी बन्द गर्नुहोस ।
३. तातो पानीले नुहाउने
तातो पानीले नुहाउनाले तपाईको शरिरको तापक्रम बढाँउछ । तातो बढ्नाले र पसिना आउनाले तपाईलाई सुत्न गाह्रो बनाँउछ । त्यसैले सुत्नु अघि शरिर चिसो बनाउनुहोस ।
४. धेरै तरल पदार्थ पिउने
क्याफिन र अल्कोहल दुवैले राती सुत्न गाह्रो बनाँउछ । यसैगरी सुत्नु अघि एक दुई घन्टा भित्र धेरै तरल पदार्थ पिउनाले बाथरुम धेरै जान पर्ने बनाँउछ र तपाँईको निन्द्रा बिथोल्न सक्छ । तर फेरी पानी पिउँदै नपिउनाले पनि तपाईलाई राती तिर्खा लाग्न सक्छ त्यसैले यसमा ब्यालेन्स गर्नुपर्ने हुन्छ ।
५. राती अबेरसम्म काम
तपाईको जति नै महत्वपूर्ण काम भएपनि राती गर्नु भन्दा बिहानै उठेर गर्दा राम्रो हुन्छ । किनभने सुत्नुअघि काममा ध्यान केन्द्रित गर्दा तपाईको दिमाग उत्तेजित हुन्छ र तनाव उत्पन्न हुन्छ जसले राम्रो सँग निदाउन दिँदैन् ।
६. मनोरञ्जनात्मक कथाहरु पढ्ने
यदी तपाँई एकदमै चाखलाग्दो उपन्यास पढिरहनुभएको छ भने तपाईलाई अझै एक पाना एक पाना भन्दै पढ्न मन लाग्छ जसले तपाईको निन्द्रा नै हराँउछ । त्यसैले सुत्नुअघि कहिल्यै पनि मनोरञ्जनात्मक कथाहरु नपढ्नुहोस ।
७. पाल्तु जनावरलाई सँगै सुताउने
आफ्नो पाल्तु जनावरलाई छातिमा राखेर सुत्नाले वा सँगै सुताउनाले पनि तपाईको निन्द्रा खराब गर्न सन्छ । त्यसैले आफ्नो पाल्तु जनावरलाई सँगै नसुताउनुहोस
८. गम्भिर कुराकानी गर्ने
कुनै गम्भिर कुराकानी वा झगडा गरेर सुत्नुभयो भने तपाईको दिमागमा धेरै कुरा खेल्छ र निन्द्रा लाग्दैन । त्यसैले राती सुत्न अघि कहिल्यै पनि गम्भिर कुराकानी वा झगडा नगर्नुहोस ।
बाँयातर्फ फर्केर सुत्नुका यी फाइदा
एउटा भनाइ छ ‘राती चाडै सुत्नुहाेस् बिहान चाडै उठ्नुहाेस्’ तर आजभाेलीकाे व्यस्त जीवनशैलीले गर्दा हाम्राे सुत्ने र उठ्ने समय फरक छ । बिहान छिटाे उठेपनि राती अबेरसम्म बस्ने गर्छाै जसका कारण डिप्रेसन,उच्च रक्तचाप, ताैल बढ्नेजस्ता थुप्रै समस्या देखिन्छन् ।
समयमा नै सुत्ने उठ्ने मान्छेका लागि पनि सुता इ नमिल्दा स्वास्थ्यमा विभिन्न असरहरू देखा पर्न सक्छन ।
दायाँ तर्फ फर्केर सुत्दा पाचन सम्बन्धि समस्या हुन्छ, बाँया तर्फ फर्केर सुत्दा पाचन समस्या आउदैन ।
गर्भअवस्थामा अधिकांश महिलाहरूलाइ ढाडकाे समस्या हुने गर्छ । यस्ताे समस्याबाट पिडपत महिलाहरूलाइ चिकित्सकहरू बाँया तर्फ फर्केर सुत्ने सल्लाह दिन्छन् ।
बाँयातर्फ फर्केर सुत्दा घुर्ने समस्या पनि कम हुन्छ त्यसैले धेरै घुर्ने समस्या छ भने बाँयातर्फ फर्केर सुत्नुहाेस् ।
हामी दाँयातर्फ फर्केर सुत्दा हाम्राे मुटुमा सबैभन्दा बढी असर हुन्छ । बाँयातर्फ सिरानी गरेर सुत्दा मुटु सजिलै चल्छ ।
यसैले सुताइले पनि तपाइकाे स्वास्थ्यमा असर पुग्ने हुनाले एकदमै ख्याल गरेर सुत्नुहाेस् । सुत्दा सकेसम्म बाँया नै फर्केर सुत्नुहाेस यसले गर्दा तपाइकाे कतिपय स्वास्थ्य समस्या कम हुन्छ ।
यस्ता छन्, सुत्नुअघि चिसाे पानीले नुहाउँदाका फाइदा
गहिरो निद्रा
नुहाउँदा शरीरको तापक्रम सामान्य हुन्छ । जसले तपाईंलाई गहिरो निद्रा आउँछ । धेरै अध्ययनमा बताइएको छ कि सुत्नुभन्दा ९० मिनेट पहिले नुहाउँदा शरीरको ता पक्रम सामान्य हुन्छ र गहिरो निद्रा आउँछ ।
यसका साथै सावर लिँदा दिमागका कर्टिसोल नामक स्ट्रेस हर्मनको स्तर कम हुन्छ । र, मानसिक स्वास्थ्य सुध्रिन्छ।
छाला चम्किलो हुन्छ
रातमा शरीरले छालाको कोशिका आफैं स्वस्थ बनाउँछ । मृत कोषिका हटाएर नयाँ कोशिका उत्पादन गर्ने काम पनि शरीरले राति नै गर्छ ।
यसले राति नुहाउनुलाई फाइदाजनक ठान्छन् । राति नुहाउनुभयो भने शरीरलाई यस प्रक्रियामा सहजता मिल्छ।
एलर्जी र खटिराबाट मुक्ति
रातको समय नुहाउँदा दिनभरको धुलोमाटो र मैले सफा हुन्छ । दिनभरिको फोहर लिएर सुत्दा तपाईंको निद्रामा समस्या आउन सक्छ । यसैगरी छालासँग सम्बन्धित एलर्जी पनि हुन सक्छ । त्यसैले राति सुत्नुअघि नुहाउनु राम्रो हुन्छ।
नुहाउनु भन्दा पनि जरुरी त सुत्नुअघि अनुहार धुनु हुन्छ । किनभने यस्तो गर्ने गरिएन भने दिनभरिको फोहरका कारण अनुहारमा खटिरा आउन सक्छन्।
राती सुत्नुअघि मोजाभित्र प्याज राखेर सुत्नुका यस्ता फाइदा
राती सुत्नुअघि मोजामा प्याज राखेर सुत्दा विभिन्न फाइदा हुने विभिन्न वैज्ञानिक आधार छन् । राती सुत्नुअघि मोजाभित्र प्याज राख्दा यसको पोषक तत्व तपाईंको छालाले सोस्ने गर्दछ जसका कारण स्वास्थ्यलाई विभिन्न फाइदा पुग्ने गर्दछ ।
वास्तवमा तपाईंको पैतालामा यस्ता विभिन्न कोसिका हुन्छन् जुन शरिरको विभिन्न कोसिकासँग सम्बन्धित हुन्छ । यो चीनियाँ चिकित्सामा शिरबिन्दुको रुपमा मानिन्छ अर्थात् शरिरको एउटा यस्तो हिस्सा जो शरिर भित्रको प्रत्येक अंगको बाटो हो ।
के हो वैज्ञानिक आधार
पैतालामा विभिन्न प्रकारको नशाको अन्त्य हुन्छ (लगभग ७ हजार) जुन शरिरको विभिन्न अंगसँग जोडिएको हुन्छ । यसले शरिरभित्र एक शक्तिशाली बिजुलीको सर्किटजस्तो काम गर्दछ तर जुत्ता चप्पल लगाएका कारण यो निष्क्रिय हुन्छ । त्यसै कारण हामीले केही घण्टाका लागि नाङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह दिइन्छ ।
प्याज (र लसुन) हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई नष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक एसिड रगतमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ । तर ध्यान राख्नुहोस्, एकपटक प्रयोग गरिसकेको प्याजलाई पुनः प्रयोग नगर्नुहोस् ।
बिहान ढिलासम्म सुत्नुका साइड इफेक्ट
धेरै सुत्नु स्वास्थकोलागि हानिकारक हो । बिहान अबेर सम्म सुत्नु त झन् राम्रो होइन । मानिसलाई जति अल्क्षि गरेर सुत्यो उति सुत्न मन लाग्छ ।
बिहान ढिलासम्म सुत्नुका साइड इफेक्टबारे यहाँ चर्चा गरिएको छ
१. स्मरण शक्ति कम हुनु
धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा पर्ने गर्दछ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।
२. मधुमेहको खतरा
अत्यधिक निन्द्राले शरिरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । त्यसकारण अत्यधिक निन्द्राले तपाईंलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।
३. कब्जियतको समस्या
जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ ।
४. अकाल मृत्यु
धेरै बेरसम्म सुत्दा तपाईंको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरुभन्दा धेरै सुत्ने मानिसहरुको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।
५. टाउको दुखाई
धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।
६. मस्तिष्कलाई बुढो बनाउँछ
अत्यधिक सुत्दा तपाईंको मस्तिष्कलाई शक्ति प्रभावित हुनसक्ट किनभने यो मस्तिष्कको उमेरको हिसाबले तीब्र रुपमा बुढो बनाउने गर्दछ ।
७. मोटोपना बढ्नेछ
मोटोपना र धेरै समयसम्म सुत्नुका बिच सम्बन्ध छ । यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् ।
८. डिप्रेशन हुनु
धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ ।
९. मुटुरोग
तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।
१०. ढाड दुख्ने
जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने गर्दछ किनभने धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ ।
धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।
यी खाद्यपदार्थ जुन रातमा सुत्नुअघि खानाले निरोगी बन्नका लागि सहयोग पुर्याउँछ
मह
महका अनेक फाइदा छन् । तर, सुत्नुअघि दैनिक महको प्रयोगले मानिसलाई निरोगी रहन सहयोग पुर्याउँछ । बेलुकी प्रयोग गर्ने महले शरीरमा मेटाबोलिज्मलाई व्यवस्थित गर्ने काम गर्दछ । सुत्नुअघि दूधमा मह मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ ।
बटर मिल्क
तपाईंले बटर मिल्क घरमा लिएर राख्दा उपयुक्त हुन्छ । खानसँगै यसको प्रयोगले तपाईंको जीवनलाई स्वस्थ राख्न मद्दत गर्दछ । खानासँग रायोको साग खाँदा पनि रोग लाग्नबाट बच्न सकिन्छ । बटर मिल्क र रायोको सागले पाचन प्रक्रियालाई व्यवस्थित र चुस्त राख्ने काम गर्दछ । तर, बेलुकीको खानासँग भुलेर पनि दहीको प्रयोग गर्नु हुँदैन ।
हरियो तरकारी
कतिपयले बेलुकासमेत मासुको प्रयोग गर्ने गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक छ । बेलुकीको समय नियमित हरियो तरकारीको प्रयोगले निरोगी रहन मद्दत गर्दछ ।
अचार र सलादका रूपमा पनि हरियो तरकारी वा फलफूल प्रयोग गरेर शरीरलाई निरोगी राख्न सकिन्छ । यसो गर्दा पनि पाचन प्रणालीले राम्रोसँग काम गर्छ ।
दूध
दूध मानव शरीरका लागि स्वस्थकर मानिन्छ । तर, बेलुकीको खानामा दूध पनि सँगै प्रयोग गर्दा यसको प्रभावकारिता थप बढ्ने गर्दछ ।
यसको प्रयोगले शरीरलाई आवश्यक बोसो त प्रदान गर्छ नै, आरामदायी निद्राका लागि पनि ठूलो भूमिका खेल्छ । त्यसैले बेलुकीको समय नियमित दूध प्रयोग गर्दा पनि निरोगी रहनका लागि सहयोग मिल्छ ।
यस्ता छन्, सिरानी लगाएर सुत्नुका बेफाइदा
तपाईं आफ्नो अनुहार र कपालको स्याहार धेरै गर्नुहुन्छ तर सिरानी लगाउँदा तिनलाई धेरै हानि पुग्छ । तर भोलिदेखि नै छोड्नुस् भनेको हैन, बिस्तारै बिस्तारै यो बानीलाई त्याग्दै जानुपर्छ ।
अनि तपाईंलाई गर्दन, काँध वा ढाडको समस्या छ भने तत्कालै सिरानी छोड्नुहुँदैन । त्यसो गर्नुभयो भने राम्रो निद्रा आउन पाउँदैन र तपाईं झर्कोफर्को र तनाव अनुभव गर्नुहुन्छ । चिकित्सकको परामर्शमा बिस्तारै यसलाई छोड्नुस् ।
सिरानी नलगाइकन सुत्दा राम्रो निद्रा लाग्छ अनि टाउको, गर्दन र काँधका नसाहरूलाई आराम पुग्छ । भोलिपल्ट बिहान तपाईं आराम र ताजा अनुभव गर्नुहुन्छ ।
अनुहारलाई हानि
सिरानीमा धूलो, कपाल, रौं र तेलजस्ता कुराहरू हुन्छन् । तपाईंको अनुहार सिरानीको सम्पर्कमा आउँदा त्यसमा भएको फोहोरको कण अनुहारको छिद्रमा पस्छ र बन्द गरिदिन्छ । अनुहार तकियामा रगडिँदा छिट्टै चाउरी पनि पर्छ ।
कपाललाई हानि
तपाईंलाई कपाल झर्ने समस्याले सताइरहेको छ भने सिरानीमा सुत्नु एक कारण हुनसक्छ । सिरानीमा कपाल रगडिन्छ र कपाल बीचबाट टुट्न शुरु गर्छ । रगडिएका कारण कपालको आर्द्रता कम हुन्छ र तिनीहरू रुखा हुन्छन् ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।