चितवन : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगितामा पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम हुनुभएको छ। प्रतियोगिता नेपाल पत्रकार महासंघ चितवनले आयोजना गरेको हो । ११ जना पत्रकारको सहभागीता रहेको सो कार्यक्रममा अधिकारी प्रथम हुनुभएको हो ।
‘
नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अबस्था बिषयक निवन्ध लेखन प्रतियोगितामा अधिकारी प्रथम, चितवन पोष्ट पत्रकार रामशरण गैंरे दितृय र कालिका एफएममा कार्यरत सुनिल पराजुली तृतिय हुनु भएको छ ।
महासंघ चितवन शाखाका सचिब एबं प्रतियोगिताका संयोजक दिपेनद्र अधिकारीका अनुसार प्रथम द्धितिय र तृतियलाई महासंघले औपचारिक कार्यक्रम मार्फत पुरस्कार बितरण गर्ने छ । प्रथमले रु ५ हजार, द्धितृयले रु ३ हजार र तृतियले २ हजार नगद सहित पुरस्कार बितरण गरिने छ ।
निवनध प्रतियोगिताको छनोट समितिमा वालकृष्ण थपलिया, संगित आयाम लगाएतको सहभागीता रहेको थियो ।