काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा ‘प्राविधिक गडबडी’ आएसँगै विमान पुनः काठमाडौंमै फर्काइएको छ ।
गुण एयरलाइन्सको उक्त विमान बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । स्रोतको जानकारी उडेको केहीबेरमै आकाशमै विमानको ढोका खुलेको थियो ।
स्रोतका अनुसार विमान उडेको केहीबेरमा ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दिएको थियो । त्यसपछि पाइलटले विमान काठमाडौंमै अवतरण गराउने निर्णय गरेका थिए ।
विमान सकुसल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।
अहिले प्राविधिकहरूले विमानको जाँच गरिरहेका त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंले जानकारी दिए ।