घर र समाजकाे ऐक्यबद्धता, लैङ्गिक हिंसा विरुद्व शुन्य सहनशीलता भन्ने नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भइसकेको छ। जसअन्तर्गत चितवनमा पनि प्रदेश युवा परिषद बागमती प्रदेशको आयोजनामा विभिन्न कार्यक्रम हुने भएकाे छ।
केदार आचार्यकाे सयाेंजकता र राप्ति नगरपालिका सगंकाे सहकार्यमा पौष ७,८ र ९ गते महिला हिंसा,लैङ्गकि हिंसा जातीय विभेद ,सुशासन आदि सम्बन्धि सचेतना मुलक कार्यक्रम हुने भएकाे हाे। कार्यक्रममा राप्ती नगरपालिकाकाे सबै वडा बाट प्रतिनिधित्व हुनेगरी १६ बर्ष देखि २४ बर्ष सम्मका १ महिला १ पुरुषको सहभागी गराउने सयाेंजक आचार्यले बताए। युवाहरु नै समाज परिवर्तनको सम्भाहक भएकाले युवाहरुलाई नै समावेश गरेर सचेतना कार्यक्रम गर्न लागिएको उनले बताए।