×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ७. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ८. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

आफैँ आयोजक, आफैँ पाहुना ! पञ्चकन्याका अध्यक्ष उपाध्यक्षलाई थामी नसक्नुको माला


कबिलास, २९ मंसिर । नुवाकोटको पञ्चकन्या गाउँपालिका अनेक कारणले चर्चा र बिबादमा आउँने गर्दछ । गत बर्ष कार्यालयबाटै ५३ लाख बृद्धभत्ता हराएको प्रकरणको सत्यतथ्य अझै पनि उजागर हुन सकेको छैन । स्थानिय नागरिकहरु यस चोरीको घटनामा स्थानिय जनप्रतिनिधीकै प्रत्यक्ष-परोक्ष संलग्नता रहेको आशंका गर्दछन भने अनुसन्धान गर्नुपर्ने राज्यका निकायहरु कुरोको चुरो पत्ता लगाउन असमर्थ बनिरहेका छन ।

भत्ता लुटिएको वडा कार्यालयसंगै जोडिएको बिधालय कालिका माबिको प्राङ्गणमा तीन बर्षदेखी निरन्तर एउटै प्रतियोगिताको कपी पेष्ट भईरहेको छ । कुनै मौलिकता र बिबिधता नभएको उक्त एकाङ्की प्रतियोगिताको पहिलो बर्ष माओवादी सुप्रीमो पुष्पकमल दाहाल र काङ्ग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेलले हेलिकप्टरबाट सयर गरेर उद्घाटन गरेका थिए । नागरिकहरु खानेपानी, सडक, स्वास्थ जस्ता आधारभुत आवश्यकताबाट बन्चित भईरहँदा सडक सुधार गर्नुको साटो हेलिकप्टरबाट नेता ल्याएर फजुल खर्च गरेको भन्दै सो समयमा बिरोध भएको थियो ।

ठुलो लगानीको प्रतियोगिता गर्दाको मसलन्द खर्चबाट पनि राम्रै कमाई हुने भएर हो वा के भएर हो बर्षैपिच्छे सो कार्यक्रमलाई निरन्तरता दिएको दिएई छ । अनौठो कुरा यस्ता कार्यक्रमबारे सत्यतथ्य सम्प्रेषण गर्ने स्थानिय पत्रकार, सामाजिक ब्यक्ती कसैलाई पनि आमन्त्रण गरिँदैन । एउटा पार्टिको नेताले दलिय कार्यक्रम गरे जसरी सार्वजनिक कोषको पैसाबाट सो कार्यक्रम भएको भएई छ । बिगतमा सम्पन्न कार्यक्रमहरुको समिक्षा नगरिकन खर्चबारे स्थानिय र सरोकारवालालाई नबताईकन घरीघरी एउटै कार्यक्रम गरिनु नै शंकाको बिषय रहेको स्थानियबासी बताउँदछन ।

यही मंसिर २९ गते बुधवारदेखी सुरु भएको निरन्तरको तेश्रो भलिवल कप प्रतियोगितामा अनौठो दृष्य देखियो । सामान्यतया गाउँपालिकाले जिल्लाब्यापी प्रतियोगिता आयोजना गर्दा कुनै जिल्ला तहका बिशिष्ट ब्यक्तीलाई प्रमुख अतिथी (प्रमुख पाहुना) को रुपमा बोलाएर उद्घाटन गर्ने गरिन्छ । तर कालिका माबिको प्राङ्गणमा सुरु भएको जिल्ला स्तरिय भलिवल प्रतियोगितामा अयोजकहरु आफैँ पाहुना जसरि प्रमुख अतिथीको रुपमा घाँटीभरी माला लगाई मागेको लाजमर्नुको दृश्य देखियो । आफ्नो कार्यालयको आयोजनामा जिल्लाभरिका भलिवल खेल्नेहरुलाई बोलाएर आफैँलाई प्रमुख अतिथी (प्रमुख पाहुना) भन्न लगाएर घाँटिमा थामी नसक्नुको माला लगाएको फोटो अहिले सामाजिक सन्जालमा आलोचनाको बिषय बनिरहेको छ ।

प्रतियोगितामा सहभागी एक स्थानियबासी आफैँले जिल्लाब्यापी प्रतियोगिताको आयोजना गरेर आफैँलाई पाहुनाको रुपमा गलाभरी माला लगाउन लाउनु लज्जाको बिषय भएको प्रतिकृया दिन्छन । गाउँको छोटे राजाको झल्को दिनेगरी ‘……..भन्दा देख्नेलाई लाज’ जसरी आफैँ आयोजक रहेको कार्यक्रममा आफैँलाई प्रमुख अतिथी (पाहुना) भनेर थामी नसक्नुको माला लगाउँदै फेरीपनि म अध्यक्ष बन्छु भनेर भाषण गर्नु लज्जास्पद रहेको कबिलासबासीहरु वताउँदछन ।

अतिथीको अर्थ पाहुना हो । गाउँपालिकाको कार्यालय आफैँ आयोजक रहेको कार्यक्रममा पाहुनाको रुपमा बाहिरको बिशिष्ट ब्यक्तीलाई आमन्त्रण गरेर उद्घाटन समारोहमा सहभागी गराउनुपर्दथ्यो । वडा कार्यालय आयोजक रहेको कार्यक्रममा मात्र पालिकाका अध्यक्ष उपाध्यक्षहरु पाहुनाको रुपमा सहभागी हुनु स्वभाबिक हुन्थ्यो, तर गाउँपालिका आयोजक रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षाहरु आफै पाहुना बनेर गलाभरी माला लगाउनुले फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखान चरितार्थ हुने कपिलेश्वर-मोठभन्ज्याङ स्थापना संघर्ष समितीका एक सदस्य वताउँदछन ।

उसो त गाउँपालिकाका अहिलेका जनप्रतिनिधीले ४ बर्षअघी नाम र केन्द्र तोक्दानै बिबेक गुमाएपछी उनिहरु बिबाद र आलोचनामा परिरहेका छन । एउटा वडाको नामबाट सिङ्गो पालिकाको नामाकरण हुन नसक्ने र केन्द्रपनि साबिकको मोठभन्ज्याङलाई हटाएर अन्यत्र लगिएको भन्दै स्थानियहरुले “कपिलेश्वर-मोठभन्ज्याङ स्थापना संघर्ष समिती’ बनाएर आन्दोलनका कार्यक्रम गर्ने तयारी गरिरहेका छन ।

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

भर्खरै

  • १.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • २.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ३.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ७.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ८.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.