केहि समय अघि गिता मगरका श्रीमानले आफ्नि श्रीमतिले घर जग्गा सबै बेचेर करिव २८ लाक भन्दा धेरै लिएर श्रीमती अर्कैसगँ हिडेको भन्दै मिडियामा गिताका श्रीमान आएका थिए । त्यसरी फरार भएको भन्दै उनी मिडियामा आए पछि उनको खोजी कार्य भएको थियो । अहिले भने गिता मगर नवलपरासीमा भेटिएकी छिन । उनी भेटिए पछि गिताकी छोरी पनि उनलाई भेट्न भनी मिडियासगैँ आएकी थिइन । छोरिलाइ भेट्दा गिता पनि निकै रुएकी थिइन ।
नवलपरासी जिल्लाको सुनौल नगरपालिका ८ मा भेटिएकी गिताले आफुले सहकारीबाट ८० हजार निकालेको र त्यस मध्ये पनि किस्ता तिर्न लगायत घरमा खर्च छोडेर आफुले ३० हजार लिएर हिडेको उनले बताईन । श्रीमानले लगाएको आरोप २८ लाख भन्ने झुटो भएको गिताको भनाई छ । आफुले ३० हजार रुपैयाँ चै सहकारीबाट निकालेको ८० हजार मध्येबाट लिएर हिडेको उनले बताएकी छिन । अहिले आफू हिडेपछि भने केही पाइन्छ कि भनेर श्रीमानले आरोप लगाएको उनले बताईन ।
आफू आमाको बिरामी भएकोले उपचारका लागि काठमाडौ ल्याएको र त्यही श्रीमानसगँ भनेर नै घरबाट हिडेको गिताले बताईन । तर आफू काठमाडौ आए पछि भने श्रीमान तथा नन्द आमाजुले फोनमा अनेक अपशब्द बोल्दै आफुलाई तनाव दिने गरेको उनले बताईन । श्रीमानले त काठमाडौमा गएर मोज गर्दै बसेकी छेस भन्ने गरेको उनको भनाई छ । त्यस्तै नन्द आमाजुले पनि त्यसै गरि आफुलाई तनाव दिएको उनको भनाई छ । त्यसैले आफुले पहिले प्रयोग गरेको सिम फालिदिएको बताईन ।
त्यस पछि भने उनिहरुले आफू सम्पर्क बिहिन भएको भन्दै पैसा लिएर हिडेको भनी आरोप लगाएर मिडियामा आएको उनले बताईन । श्रीमानले आफू काठमाडौ आए पछि आफ्नो बहिनिहरुलाई पनि फोन गरेर त्यो अर्कै केटासगँ बोल्छे त्यसैसगं जाओस भन्दै भनेको उनले बताईन । साथै आफुलाई आमाको उपचार गर्न होइन अर्कै सगँ पोइला जान घर छडेर हिडेको भन्दै आफुलाई भन्ने गरेको उनले बताईन । तर श्रीमानको भान्जीकै मा आफू काठमाडौ आएर पहिले बसेको उनले बताईन ।
उनिहरुलाइ पनि थाहा थियो आफू हस्पिटल आएको भनेर । तर पनि उनिहरुले थाहा पाएर पनि आफुलाई नराम्रो बनाउन खोजेको उनको भनाई छ । आफू दिनहुको श्रीमान र नन्द आमाजुले दिने तनाव सहन नसकेर अहिले भने हिडेको बताईन । आफू अहिले अर्कै बिबाह गरेर बसेको पनि उनले बताईन । उनका श्रीमानले भने जस्तो आफुले केही लिएर नआएको र अब गएर मिलाउनु पर्ने ब्याबहार पनि केही नभएकोले अब आफुलाई आफ्नो खुशी गर्न दिनु पर्ने उनले बताईन । (भिडियो हेर्नुस)



