नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ डण्डाकी २१ बर्षीया सरस्वती कार्की वेपत्ता भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । गत कार्तिक १२ गते आफ्नै घर कावासोती १६ डण्डाको गैरी गाउँदेखि माइत जान्छु भन्दै निस्केकी उनी माइति पक्ष हुप्सेकोट २ कोलियामा पनि सम्पर्कमा न आएपछि परिवारले गत कार्तिक २८ गते जिल्ला प्रहरी कार्यालय कावासोतीमा उजूरी दर्ता गरेका थिए ।
प्रहरीले १ महिनादेखि खोजी कार्य जारी राखेको भए पनि अहिले सम्म पत्ता लगाउन नसकेपछि बेपत्ता महिलाका श्रीमान बिक्रम केसीले आफ्नी श्रीमती खोजी गरिदिन आग्रह गर्नुभएको छ । ३ बर्ष अगाडी धुमधामसंग बिहे गरेकी छोरी वेपत्ता भएपछि सरस्वतीका बुवा राजन कार्की र श्रीमान बिक्रम केसीले संयुक्त रुपमा उजुरी दर्ता गरेको राजन कार्कीले बताउनुभयो ।
कार्कीले गहुँगोरो बर्णकी आफ्नी छोरी कतै फेला परेमा नजिकको प्रहरी कार्यालयमा वा सरस्वती कार्कीको बुबाको मोबाइल ९८०४४७१६२२ मा सम्पर्क गरिदिन समेत आग्रह गर्नुभएको छ ।
माइत जान्छु भनी हिनेकी २१ वर्षीया सरस्वती लाई के भयो यस्तो ?? OMG 35 दिन देखि वेपत्ता Nawalpur News
माइत जान्छु भनी हिनेकी २१ वर्षीया सरस्वती कार्की वेपत्ता
माइत जान्छु भनी हिनेकी २१ वर्षीया सरस्वती कार्की वेपत्ता

तपाईको प्रतिक्रिया