• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ५. आज तेल लगाउने र नीमको पात खाने दिन

  • ६. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ९. निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • १०. समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

‘एक शिक्षण संस्था, एक उद्यम’ कार्यक्रमका लागि प्रस्ताव पेश गर्न राष्ट्रिय युवा परिषदको आग्रह


काठमाडौं, ५ असोज । अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ ।

पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, तरकारी खेतीसहित उद्यमशील बनाउनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । परिषद्ले यसै आर्थिक वर्षदेखि शिक्षण संस्थालाई उद्यम गर्ने सिकाइस्थलको रुपमा विकास गर्न र शिक्षामा गुणस्तर, नवप्रवर्तन तथा उद्यमशीलताको विकास गरी शिक्षण रुपान्तरण गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले विद्यार्थीलाई विद्यालयबाट नै उद्यमशील बनाउन ‘एक एक शिक्षण संस्था एक उद्यम’ कार्यक्रम सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रमले आफू पढेलेखेको ठाउँबाट नै विद्यार्थी व्यवसायमा लाग्न सहयोग पुग्ने बताउनुभयो । “विद्यालय तहबाट नै विद्यार्थीलाई उद्यमतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेको हांै,” उहाँले भन्नुभयो, “विद्यालयबाट बाहिर निस्केपछि पनि उनीहरु बेरोजगार बन्नुपर्दैन ।”

उहाँका अनुसार अभिभावक पनि महिनामा एक दिन विद्यालयमा आए आफ्ना विद्यार्थीले गरेको उद्यममा सहभागी हुनेछन् । “आफ्ना विद्यार्थीले विद्यालयमा नै उद्यम देखेर अभिभावक पनि आफ्नो खाली रहेको खेतबारीमा केही न केही खेती गर्न सक्नेछन्”, उहाँले भन्नुभयो, “यसले सिङ्गो समाजलाई उद्यमशील बनाउन सहयोग मिल्ने छ ।”

सञ्चालनका लागि परिषद्ले देशभरिका विद्यालयसँग प्रस्ताव माग गरेको छ । परिषद्ले कार्यक्रम सञ्चालन गर्न इच्छुक प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा सञ्चालित वा नमूना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयले यही असोज २१ गतेभित्र व्यावसायिक परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ । विद्यालयले पेश गरेको प्रस्तावलाई परिषद्को छनोट समितिले छनोट गर्नेछ । कार्यान्वयन कार्यढाँचामा निर्धारित मूल्याङ्कनका आधार बमोजिम प्रत्येक प्रदेशबाट एक एक र सङ्घबाट एक गरी आठ वटा विद्यालय छनोट गरिने परिषद्का उपसचिव कमला ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छनोट भएको विद्यालयले बीउ पुँजीको रूपमा परिषद्ले नै शुरुमा सात लाख रूपिया अनुदान दिने छ । परिषद्ले उपलब्ध गराएको र क्लबले विभिन्न स्रोतबाट प्राप्त गरेको रकमबाट नै विद्यालयमा उद्यम कार्यक्रम सञ्चालन गरिने छ ।

सरकारले नमूना विकासका लागि छनोट गरिएका ४२२, प्राविधिक शिक्षा सञ्चालन गर्ने ४८४ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०बाट १८ महिनाको कक्षा सञ्चालन गरिरहेको विद्यालयले उक्त कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा लागू भएका नमूना सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइने छ । विद्यालयले कृषि तथा पशुपक्षी ९माछापालन, बाख्रापालन, कुखरापालन० वन, पर्यटन प्रवद्र्धन, निर्माणमा आधारित उद्यम, कलामा आधारित उद्यमलगायत आठ प्रकारका उद्यममा कार्यक्रम सञ्चालन गर्न सक्ने छन् ।

विद्यालयमा उद्यम कार्यक्रम सञ्चालनका लागि विद्यालयमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी र कक्षामा प्रथम हुने विद्यार्थी सम्मीलित १७ सदस्यीय विद्यार्थी उद्यमी क्लब गठन गरिने छ । उक्त क्लबमा रहेका विद्यार्थीले नै उद्यम कार्यक्रम सञ्चालन गर्ने छन् ।

उद्यम सञ्चालनका लागि विद्यालयमा उद्यम कोष स्थापना गरिने छ । विद्यालयका प्रधानाध्यापक अध्यक्ष, उद्यमी क्लबका अध्यक्ष सदस्य र विद्यालयको लेखा हेर्ने कर्मचारी सदस्य सचिव रहनेछन् । कोषमा अभिभावकबाट उद्यम गर्न वार्षिक रुपमा सङ्कलिन रकम, प्रदेश सरकारबाट प्राप्त अनुदान, उद्यमबाट प्राप्त आम्दानी, पूर्व विद्यार्थी मञ्चबाट उद्यम सञ्चालनार्थ स्वेच्छिक रुपमा प्राप्त रकम, स्थानीय तह र अन्य व्यक्ति, सङ्घसंस्थाको अनुदानबाट प्राप्त रकमले एक विद्यालय एक उद्यम कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो । परिषद्का प्रमुख प्रशासकिय अधिकृत डा बाबुराम ढुङ्गानाले विद्यार्थी आफैले उद्यमबाट कमाएको पैसाले विद्यालयमा पढ्ने बताउनुभयो ।

मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
आज तेल लगाउने र नीमको पात खाने दिन
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ५.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ६.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

भर्खरै

  • १.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • ३.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ४.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ५.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ६.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ७.
    आज चैते दसैँको घटस्थापना

  • ८.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.