• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सरकारले दिएको मानपदवी एमाले र अध्‍यक्ष ओलीविरुद्ध केन्द्रित : महेश बस्नेत

जनकपुरधाम,३ असोज । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सरकारले दिएको मानपदवी एमाले र अध्यक्ष केपी ओलीबिरुद्ध केन्द्रित रहेको बताएका छन् । एमाले र अध्यक्ष ओलीबिरुद्व लागेका, एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बस्नेतको भनाई छ ।

आइतबार एमाले निकट राष्ट्रिय युवा संघको जनकपुरधाममा कार्यालय उद्घाटन गर्दै बस्नेतले संसद पुर्नस्थापन गर्ने बेलामा संवैधानिक इजलासमा बसेका सबै न्यायाधीशलाई मानपदवी दिइनु नेपालको इतिहासको लाजमर्दो क्षण भएको बताए ।

उनले केपी ओलीबिरुद्ध मुद्दा हाल्ने, लड्ने सबैले मानपदवी पाएको भन्दै यो राज्यको श्रोतसाधनलाई दुरुपयोग गर्न खोजिएको बताए । झलनाथ खनाललाई, माधव नेपालको बुवालाई पनि एमाले फुटाएकै कारण मानपदवी दिइएको उनको भनाइ छ । कम्युनिष्ट आन्दोलन ध्वस्त पारेपछि प्रचण्डकी श्रीमति सीता दाहाललाई मानपदवी दिइएको उनले बताए ।

‘भ्रष्टाचार भनेको आर्थिक अनियमितता मात्रै होइन् मानपदवी र नीतिमा मनमानी गर्नु पनि अनियमितता हो’ नेता बस्नेतले भने, ‘इतिहासमै नभएको देउवा सरकारले गम्भीर भ्रष्टाचार गरेको छ ।’

माओवादी बिघटन हुन्छ

नेता बस्नेत माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रामक देखिए । उनले चाँडै माओवादी बिघटनको बाटोमा गइरहेको बताए । उनले प्रचण्ड देशबाट बहिष्कृत पनि भइरहेको समेत बताए ।

‘हिजो प्रचण्ड जनकपुर आउँदा स्वागत गर्ने मान्छे भएनन् । प्रशिक्षण लिन मान्छे नआउँदा बन्द कोठामा विशेष प्रशिक्षण भनियो । प्रचण्डको राजनीतिक छविमा लाजमार्दो दिन हो’ उनले भने, ‘माओवादी बिघटन हुँदैछ भन्ने कुराको प्रमाण हो यो ।’

देउवालाई सत्ता बुझाएर चाकडी गरेर, श्रीमतीलाई मानपदवी दिएर नेपालको कम्युनिष्ट आन्दोलन नचल्ने उनको भनाई छ ।

यस्तै उनले वर्तमान सरकारको गठबन्धनका नेता एवं जसपा अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै बस्नेतले सत्तामा हुँदा सबैभन्दा बढी विदेश जाने उनै रहेको बताए ।
‘उपेन्द्र यादवजी सत्तामा जानुभयो । परराष्ट्र मन्त्री खानुभयो । परराष्ट्र मन्त्री हुँदा विदेश जाने नेतामा आफ्नो छवि बनाउनुभयो’ बस्नेतले भने, ‘तर, उहाँले मधेशको मुद्धा सम्बोधन गर्न सक्नुभएन् ।’

मधेश आन्दोलनमा घाइते भएकालाई, शहीद परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मधेशको मागलाई व्यवस्थित तरिकाले पूरा गराउन एमालेले नै पहल गरेको उनले बताए ।

यसैकारण अध्यक्ष ओलीप्रति रहेको भ्रम अहिले मधेशमा हटेको भन्दै उनले त्यहीं भएर पहिला केपी ओली बाई बाई भनिँदा अहिले हाई हाई भन्न थालिएको दावी गरे । एमाले कम्युनिष्ट आन्दोलनको एकीकृत पार्टी रहेको र प्रचण्ड, माधव, झलनाथ जाँदैमा कुनै असर नपर्ने उनले बताए ।

आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.