यो घटना स्कटल्याण्डको इडिनबर्गमा भएको हो । यहाँ एक जना महिला मापसे गरेर कार्यालय गएका कारण उनलाई अफिसले कारवाही स्वरुप कामवाट निकालिदियो । तर जागिरबाट निकालिएकी ति महिला लखपति बनेकी छन् ।
मालगोर्जाता क्रोलिक नामकी ती महिला एकदिन मापसे गरेर आफुले काम गर्ने कार्यालयमा गइन् । उनले कुनै एक काराखानामा काम गर्दथिन् । उनको कार्यालय समय दिउसो २ बजेबाट सुरु हुन्थ्यो । आफ्नो कार्यालय समय सुरु हुनुभन्दा ९ घण्टा अगाडि अर्थात् बिहान ५ बजे नै उनी मापसेमा मस्त थिइन् ।
मापसे गरेर काममा आएको थाहा पाएपछि कम्पनीका म्यानेजरले उनलाई सोधपुछ गरे । कम्पनीले ती महिलालाई जागिरबाट निकाल्ने निर्णय गर्यो ।
जागिरबाट निकालिएसँगै क्रोलिक नाम गरेकी यि महिला अदालत गइन् । अदालतले उनको भाग्य नै बदलिदियो । बिहानै मापसे गरेको भएपनि दिउसो अफिस गएकी महिलालाई कारवाही गर्न नमिल्ने फैसला अदालतले गरिदियो ।