काठमाडौं,३१ भदौ । चीनमा एमबीबीएस अध्ययन गरेर आएका विद्यार्थीहरुले लामो समय भइसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।
सात वर्षअघि (सन् २०१४) मा एमबीबीएस कोर्स पूरा गरेको भए पनि चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप नगराएको उनीहरूको गुनासो छ । माइतीघरमा भेला भएका उनीहरूले आफूहरूको इन्टर्नसिपमा भएको ढिलाइबारे जवाफ मागेका छन् ।
उनीहरुले प्लेकार्डमा ‘इन्टर्नसीपमा किन ढिला सुस्ती ?, अझै कति पर्खिने रु, १२ दिन भनी १-२ महिना कुरायौ अब कति कुराउँछौं ?, स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ लगायतका नारासहित मंगलबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरूले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ बारे पनि ध्यानाकर्षण गराएका छन् ।