चितव,२९ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने ६५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार २२९ पुगेको छ ।
भरतपुर महानगरमा २९ जना, खैरहनीमा १ जना, माडीमा३ जना, रत्ननगरमा ३ जना,कालिकामा ४ जना र राप्तीमा १ जना, कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्लाभर सक्रिय संक्रमित ६९० जना रहेका छन् । उनीहरु मध्ये ६५९ जना होम आइसोलेसनमा छन् भने ३१ जना अस्पतालमा छन् ।
यससँगै अहिलेसम्म जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ३२४ पुगेको छ ।जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ४०५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।