• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

के हुन्छ एन्टीबायोटिक्स औषधीको प्रयोगले? जानी राखौं !


एन्टीबायोटिक्स भनेको यस्तो रसायनिक तत्व हो, जसले शरीरमा रहेका ब्याक्टरियाहरुलाई मात्र मार्न सक्ने क्षमता राख्छ । ब्याक्टेरियामा भएको कोषिकाहरुमा भएको निश्चित तत्वहरुलाई लक्षित गरेर मार्न सक्ने क्षमता भएको औषधीलाई नै एन्टीबायोटिक्स भन्ने गरिन्छ ।

सरल अर्थमा भन्नुपर्दा शरीरमा पैदा हुने विभिन्न ब्याक्टेरियामध्ये कुनै निश्चित ब्याक्टेरिया नष्ट गर्ने क्षमता भएको औषधी एन्टिबायोटिक्स हो ।

कुन बेला प्रयोग गर्ने ?

एन्टिबायोटिक्सको प्रयोग त्यसबेला मात्र गर्नुपर्छ, जब शारीरिक समस्या ब्याक्टेरियाको कारणले पैदा भएको हो भन्ने टुंगो हुन्छ ।

एन्टिबायोटिक्सको जथाभावी प्रयोग गर्दा ब्याक्टेरियाले त्यस बिरुद्ध लड्ने क्षमता विकास गर्छ । जसले गर्दा हाम्रो शरीरमा औषधीको प्रभाव रहँदैन । ब्याक्टेरियाले आफ्नो कोषिका बदलेपछि हामीलाई एन्टिबायोटिक्सले काम गर्दैन र समस्या थप चर्को बन्छ ।

एन्टिबायोटिक्स चलाएपछि पुरा डोज लिनुपर्छ । अन्याथा ब्याक्टेरियाले अर्को रुप लिएर आक्रमण गर्छ ।

एन्टिबायोटिक नै रोगको पूर्ण उपचार होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधी, समय सबैकुरा ख्याल गर्नुपर्छ ।

यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छौ । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ ।

यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधीको प्रभाव कम हुन्छ । रोग फेरी बल्झन्छ । र, त्यसले थप चर्को रुप लिन्छ ।

एन्टिबायोटिक्सको प्रयोगबारे हामी उति सचेत छैनौं । एन्टिबायोटिक्स लिइसकेपछि त्यसको निश्चित डोज पुरा गर्नैपर्ने हुन्छ । तर, हामी जथाभावी औषकि किन्छौं । मनोमानी ढंगले प्रयोग गर्छौ । आफ्नो समस्या ठिक भइसकेपछि औषधीको डोज पुरा नगरी छाडिदिन्छौं ।

अर्को महत्वपूर्ण कुरा के भने, एन्टिबायोटिक्स त्यही बेला सुरु गर्नुपर्छ, जब समस्या ब्याक्टेरियाको कारण पैदा भएको हो भन्ने टुंगो हुन्छ । यदि त्यसो गरिएन भने ब्याक्टेरियाले आफ्नो कोषिका परिवर्तन गर्छ, जससँग लड्न सक्ने मेडिकल क्षमता हामीसँग छैन ।

जब एन्टीबयोटिक्सको विकास गरिन्छ, त्यतिबेला नै उक्त औषधिले शरीरमा कति बेला सम्म काम गर्न सक्दछ भनेर आंकलन गरिएको हुन्छ । शरीरमा कति मात्रामा उक्त औषधी रहन्छ भनेर हेरिएको हुन्छ ।

त्यसैले गर्दा चिकित्सकहरुले जुन एन्टीबायोटिक्स जसरी खान सल्लाह दिन्छन्, त्यही अनुसार किन खानु पर्छ भने त्यो समय भन्दा तल वा माथि उक्त एन्टीबायोटिक्सको प्रयोग गर्दा त्यो मात्रामा शरीरले उक्त औषधि प्राप्त गर्न सक्दैन । शरीरले आवश्यक्ता अनुसारको औषधि नै पाउन नसकेपछि उक्त औषधिले गर्नु पर्ने काम वा व्याक्टेरिया मार्नु पर्ने क्षमतामै ¥हास आउन सक्छ ।

त्यसैले त कुनै एन्टीबायोटिक्स दिनमा एक पटक खाए पुग्छ भने कुनै दिनमा दुई पटक वा तीन पटकसम्म पनि खानु पर्ने हुन्छ ।

एन्टीबायोटिक्सको फाइदा तथा बेफाइदा

‘म्याजिक बुलेट’ भनेर चिनिने एन्टीबायोटिक्स चिकित्सा क्षेत्रको चमत्कारी देन हो । यसको सही प्रयोग हुन सकेको अवस्थामा मानव जीवन स्वस्थ रहन सक्छ । यस्ता एन्टीबायोटिक्स कुनै पनि व्याक्टेरियल संक्रमणमा हुन सक्दछ । यसले लामो समय सम्म गर्नु पर्ने उपचारलाई छोट्याएर केही समय सम्ममै पनि ठीक पार्न सक्छ ।

यसलाई विभिन्न रोगहरुमा प्रयोग गर्न सकिने हुदाँ एन्टीबायोटिक्सका फाइदा धेरै छन् ।

तर यसको सही प्रयोग नभएको खण्डमा यसको बेफाइदा धेरै हुनसक्छ । अझ भावी पुस्तामा यसको असर धेरै हुन सक्ने देखिएको छ । जस्तै,

समयमै एन्टीबायोटिक्स नखानु

डोज पूरा नगर्नुु

त्यस्तै, एन्टीबायोटिक्स प्रयोग गर्दा यसले शरीरमा भएको कुनै न कुनै कोषिकालाई असर पार्ने हुँदा यसका साइड इफेक्टस् धेरै हुने गर्दछ ।

एन्टीबायोटिक्सका कारण हुन सक्ने साइड इफेक्ट

–पखाला, दिशा लाग्नु

–मृगौलामा असर पार्ने

–कानमा असर

–शरीरमा रोग प्रतिरोधी क्षमतामा हास आउने

मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.