गैँडाकोट, २९ भदौ । । नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा मृत्यु हुनेहरुको सनाखत भएको छ । दुर्घटनामा परी २० जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु प्र–०२–००१ ख ११२३ नं को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं को ट्रक एकआपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बासवारी नगरपालिका वडा नं ८ कि ७० वर्षकी योगमाया सुवेदी, कञ्चनपुर घर भएकी ४० वर्षकी रंगी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष अन्दाजी ३०/३५ को कृष्ण राना रहेको प्रहरीले जनाएको छ । सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) मा उपचाररत घाईतेहरुः–
१ . झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य ।
२ मोरङ विराटनगर मा।न।पा।–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
३ ऐ ऐ बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
४ कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य ।
५ कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं –१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य ।
६ जुम्ला तिला गा पा वडा नं –४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य ।
७ ऐ ऐ बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर ।
८ बस चालक कन्चनपुर कञ्चनपुर न पा–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम ।
९ रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम ।
१० बर्दिया वाँसगढी न।पा।वडा नं –८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर ।
११ जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
१२ जि कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
१३ ट्रक चालक जिल्ला प्यूठान प्यूठान न।पा।–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
१४ सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं।–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य ।
१५ जि न प (पूर्व) हुप्सेकोट गा पा वडा नं–३ वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य ।
१६ जि न प (पूर्व) हुप्सेकोट गा।पा।वडा नं –३ वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य ।
१७ जि न प (पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य ।
१८ जि कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर
१९ जि सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं –७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम ।
२० जि महोत्तरी बर्दिवास न पा वडा नं –७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।