संखुवासभा ,२७ भदौं । संखुवासभामा सामूहिक ह”त्याका आरोपितलाई प्र”हरीले आज (आइतबार) सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको ह”त्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले प”क्राउ गरी सार्वजनिक गरेको हो।
भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्र”हरी प्रमुख डिआइजी बीसी, नेपाल प्र”हरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।
प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्र”योग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृ”तक तेजबहादुरका भतिज हुन् ।
लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ । प्र”हरीका अनुसार कार्की डि”प्रेशनको औषधि खाइरहेका थिए । लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्र”हरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण ह”त्या भएको प्रहरीले जनाएको छ ।
घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्र”मुख प्र”हरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्र”हरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्र”हरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्र”हरी कार्यालय संखुवासभाका प्र”हरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।