सक्किगोनीकी रक्षा श्रेष्ठले पहिलो पटक सार्वजनिक गरिन छोरीसहित श्रीमानको तस्वीर
हास्य टेलिश्रृङ्खला भद्रगोल बाट आफ्नो नाम दर्शक सामु चिनाउन सफल भएकी एक पात्र हुन् रक्षा श्रेष्ठ (रक्षा) । हास्य टेलिसियलमा अभिनय गरी चर्चामा आएकी रक्षाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ ।
रक्षाले केही फिचर फिल्ममा समेत काम गरिसकेकी छिन् । पछिल्लो समय नयाँ हास्य टेलिसिरियल सक्कीगोनीमा पनी कलाकार कुमार कट्टेल जिग्रीसंग रक्षाको जोडी देख्न सकिन्छ । रक्षाले भनिन् दर्शकहरूले जिग्रिको प्रेमीकाको रूपमा चिन्दा खुसी लाग्छ
उनको सौन्दर्यता मा झन् झन् निखार आएको दर्शकहरू बताउँछन् । टेलिश्रृङ्खलाको साथै विभिन्न कम्पनीको विज्ञापनमा समेत उनको उपस्थिति बाक्लिँदो छ । सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ उनको ।
एक सयको हाराहारी विज्ञापनमा अभिनय गरेकी रक्षा विभिन्न मुलुकमा हुने स्टेज शो मा पनि सहभागी छिन् । उनको सुन्दरता झन् झन् निखारिँदै आएको दर्शकको भनाई छ । उनका केही पुराना र नयाँ तस्बिर यहाँ प्रस्तुत गरिएको छ । तस्बिर रक्षाको फेसबुक बाटः