×
आइतबार, असार ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षले गरे तोडफोड


काठमाडौं,२५ भदौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो ।

वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् । उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए । महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।

वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकारे । ‘दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि सहेर बसेको थिएँ, दुई महिनाअघि मैले नै माग गरेअनुसार एक जना इन्जिनियर पठाएका थिए,’ उनले भने,’अहिले एकाएक उहाँलाई अन्यत्रै सरुवा गराएछन्, त्यसबारे बुझ्न जाँदा कोही पनि जिम्मेवार ढंगले प्रस्तुत नभएकाले घटना भएको हो ।’

प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीलाई सोध्दा आफूलाई थाहा नभएको बताएको र प्रशासन विभागका कर्मचारीले भने माथिको आदेशअनुसार सरुवा गरिएको भनेर पन्छिएकाले आफू आक्रोशित हुन पुगेको उनले तबाए ।

‘राम्रो काम नगर्ने इन्जिनियर नभएर विकास निर्माणको काम राम्रोसँग गर्न पाएको छैन, राम्रो काम गर्ने इन्जिनियर दुई वर्ष नपुग्दै सल्लाहसमेत नगरी सरुवा गर्दा वडाबासीमाथि पनि अन्याय भयो,’ डंगोलले भने,’त्यही भएर ढोकामा लात हानेर फर्किएँ ।’

मेयर विद्यासुन्दर शाक्यले घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउने मेयर शाक्यको तयारी छ ।

‘वडाध्यक्षज्युको व्यक्तिगत स्वभावका कारण नै कर्मचारी सुरुवा माग्दै आउँछन्, महानगरका एक अधिकारीले भने,’फेरि असहमति राख्ने विधि र प्रक्रिया छन्, वडाध्यक्षज्यु नै कार्यालय तोडफोडमा उत्रिनु सर्वथा निन्दनीय काम हो ।’

वडाध्यक्ष डंगोलले भने महानगरपालिकाले कर्मचारी सरुवामा मनलाग्दी गरेकाले वडाको सेवा प्रवाह लथालिंग हुने अवस्था आएको बताएका छन् ।

त्यसकैविरुद्ध आफूले आवाज उठाएको उनको प्रष्टीकरण छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीले महानगरलाई आफ्नै घर जसरी चलाएको उनको आरोप छ ।

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ८.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.