• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

चितवनमा एक युवकको रहस्यमय मृत्यु, साथीहरुले नै हत्या गरेको आफन्तको दावी

चितवन, १३ भदौ चितवनमा एक युवकको रहस्यमय मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर नगरपालिका–१४, पारिजात चोक बस्ने १८ वर्षीय अंकुर अधिकारीको भदौ ९ गते रहस्यमय ढंगले मृत्यु भएको हो । जन्मदिन मनाउन भन्दै साथीहरुले नै अंकुरलाई मोटरसाइकलमा राखेर लगेका थिए ।

images
images
images
९ जनाको समूहका रहेका उनीहरु राप्ती नगरपालिका–४ स्थित मार्ताल खोलामा पौडी खेल्न पुगेका थिए । बेलुकासम्म छोरो नफर्किएपछि आफन्तहरुले रातिदेखि नै खोजी गरेका थिए । अन्ततः अंकुरको शव घटनास्थल भन्दा २ किलोमिटर पर खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कसैले मारेर फालेको देखिने पीडित परिवारले जनाएको छ ।

मृतकका मामा ललित तामाङले भाञ्जासंगै गएका साथीहरुले नै हत्या गरेर फालेको आरोप लगाए । तामाङले भने–‘शव हेर्दा टाउँमा २/३ ठाउँमा पिटेर घाउ बनाएको जस्तो, घाटी भन्दा माथि मात्रै चोटपटक देखिन्छ, शरीरको अन्य भागमा केही छैन ।’ उनले साथीहरुले नै टाउकोमा पिटेर मरेपछि खोलामा फालेको हुन सक्ने भन्दै निश्पक्ष छानविनको माग गरे ।

उनका अनुसार अंकुरसंगै गएका साथीहरुले खोलामा डुबेर मृत्यु भएको दावी गरेका छन् । ‘अंकुरलाई पौडी खेल्न नआएपछि खोला छेउमै बसेको तर कुन समयमा उनी बेपत्ता भए भन्ने बारे कसैलाई थाहा नभएको बयान दिएछन्’ तामाङले भने ‘करिव ६० जना भन्दा बढी खोलामा पौडी खेलीरहेको ठाउँमा एउटा व्यक्ति डुब्नै लाग्दा कसैले थाहा नपाउनु भन्नु नै घटना रहस्यमय छ ।’

टाउकोमा गम्भिर प्रकृतिको चोट देखिनु तर शरीरको अन्य भागमा सामान्य अवस्था देखिनुले थप रहस्य देखिएको उनको भनाई छ । साथीहरुका अनुसार अंकुरम पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । तर डुबेर मृत्यु हुने व्यक्तिहरुमा पेटभित्र पानी देखिने र बगेर मृत्यु हुने मानिसको शरीरमा अन्य चोटपटक देखिने अवस्थामा अंकुरमा त्यो अवस्था नदेखिएकोले शंकास्पद देखिन्छ ।

घटनापछि चितवन प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अंकुरसंगै गएका साथीहरुलाई बोलाएर सोधुपछ गरेको छ । घटना रहस्यमय भएकाले अनुसन्धान प्रक्रियालाई अगाडि बढाउँदै लगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए ।

‘संगै गएका साथीहरुलाई सोधुपछ गरेका छौं, घटनाको अनुसन्धान जारी छ’ डिएसपी अधिकारीले भने । उनले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धान पश्चात घटना विवरण सार्वजनिक गरिने बताए । भदौ १० गते शव भेटिएपछि भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।

सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.