• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ५. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ६. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज अन्तरराष्ट्रिय योग दिवस

  • ८. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

छ वटी छोरीलाई सरकारी जागिरे बनाउने बुबा-आमाको यस्तो छ संघर्षको कथा, परिवारै सरकारी जागिरमा


विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न हिँडेका विदुर भट्टराईलाई कान्छी फुपूले रोकिन् । ‘छोरीले मात्र पुग्छ रु खोइ छोरा रु’ उनकी फुपूको प्रश्न थियो । भट्टराईका आमाबुबा पनि तीन छोरीले मात्र सन्तुष्ट थिएनन् । ‘एउटा नाति त चाहियो’ भन्ने उनीहरूलाई पनि लाग्थ्यो । यो चार दशकअघिको कुरा हो ।

images
खोटाङ, लामिडाँडामा जन्मेका विदुरले तीन वर्ष गाउँकै निमाविमा शिक्षक भएर काम गरेका थिए । त्यतिबेला गाउँको परिवेश सरकारी जागिरप्रति निकै आकर्षित थियो । शिक्षकको जागिरभन्दा निजामती सेवामा जानुपर्छ भन्ने विदुरलाई पनि लाग्यो । आमाबुबाको चाहनाअनुरूप २०३४ सालमा उनी खरिदारबाट सरकारी जागिरमा पसे । सप्तरी, राजविराजमा भूमिसुधार कार्यालयमा उनको पहिलो जागिर सुरु भएको थियो । उनी सुब्बा हुँदै अधिकृतसम्म पुगे । केही वर्षअघि अधिकृत पदबाटै रिटायर्ड भइसकेका छन् ।

पढाइ नै सर्वस्व

उनी छोराछोरीबीच खासै विभेद देख्दैनथे । तर, परिवार, छरछिमेकले उनीबाट छोराको चाहना राखेको राम्रोसँग बुझेका थिए । अरूका लागि भए पनि छोरा जन्माइदिनुपर्ने बाध्यता र सामाजिक दबाब उनीमाथि थियो । उनकी पत्नी गंगादेवीले पनि छोरी मात्र जन्माउँदा निकै गुनासो सुन्नुपरेको थियो । छोराकै आशमा छ बहिनी छोरी जन्मिए । छोरा पर्खंदा छोरी जन्मे पनि भट्टराई जोडी कहिल्यै दुःखी भएनन् । उनले जुनसुकै हालतमा छोरीहरूलाई पढाउने दृढ संकल्प गरिसकेका थिए ।

गंगादेवीलाई अरूका लागि छोरा जन्माइदिन नसकेकोमा दुःख लाग्थ्यो । आफ्नै गल्तीले परिवारको चाहनाअनुसार छोरा जन्माउन नसकेको हो कि जस्तो उनलाई लाग्थ्यो । छ कक्षामा पढ्दै गर्दा १४ वर्षमै उनको विवाह भएको थियो । उनी १६ वर्षकी हुँदा जेठी छोरी जन्मिएकी थिइन् । २१ वर्षको उमेरसम्म पुग्दा उनले तीन छोरी जन्माइसकेकी थिइन् । उनी भन्छिन्, ‘तीनटी छोरी जन्मेपछि बल्ल आमा भएको महसुस गरेँ ।’

श्रीमान्को मात्रै जागिरमा रमाउन नचाहने उनी छोरीहरूलाई काममा भन्दा पढ्नमा जोड दिन थालिन् । सानैदेखि लगनशील, अनुशासित बन्न छोरीहरूलाई सिकाइन् । आफूले पढ्न नपाए पनि छोरीहरूलाई पढाएर देशको सेवा गर्ने मान्छे बनाउने इच्छा थियो । उनको इच्छा पूरा भएको छ । गंगादेवी भन्छिन्, ‘देश बनाउने छोरी बनून् । देशका सबै छोरीहरू विद्वान बनून् । छोरा र छोरीमा केही फरक छैन ।’

विदुर आफैँ सरकारी जागिरे भएकाले उनले सरकारी जागिरको महत्व बुझेका थिए । त्यसबेला महिला विकास कार्यालय धनकुटामा मुख्य महिला कार्यकर्ताको जागिर खुलेको थियो । उनले छोरीलाई अह्राए । ठूली छोरी विष्णुले अस्थायीमा नाम निकालिन् ।

त्यतिबेला उनको परिवार खोटाङबाट सुनसरी बसाइँ सरेको थियो । ठूली छोरी पोशाक लगाएर अफिस जाँदा अरू छोरीहरूलाई प्रेरणा मिलेको भट्टराई बताउँछन् । उनका अनुसार ठूली छोरीले जागिर खान थालेपछि अरूले पनि देखासिकी गर्न थाले । ‘अरू छोरीहरूले पनि जागिर खानुपर्छ भन्ने सोच्न थाले,’ गंगादेवी भन्छिन् ।

भट्टराईलाई कुनै ठूला मान्छेसँग झुकेर, भनसुन गरेर छोरीहरूलाई जागिर खुवाउन मन थिएन । आफ्नै बलबुताले जागिरमा प्रवेश गरून् भन्ने उनको इच्छा छोरीहरूले पूरा गरिदिए । ‘स्वदेशमै संघर्ष गरेर छोरीहरूले देशको सेवा गरून् भन्ने सोच्थेँ । मेरो इच्छा उनीहरूले पूरा गरिदिए,’ विदुर भन्छन्, ‘छोरा जन्माइनस् भन्नेलाई छोरीहरूले गतिलो झापड दिए ।’

दिदीको बाटोमा सबै बहिनी
पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ बहिनी निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन, पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुर भन्छन् ।

भट्टराईले विदेश जाने ज्वाइँ रोजेनन् । विदेश बस्न रुचाउनेलाई छोरी माग्न आउँदा दिएनन् । ‘छोरीहरूले देशसेवा गरिरहेका छन्, ज्वाइँ पनि त्यस्तै होऊन् भन्ने चाहन्थेँ,’ विदुर भन्छन् । उनले सोचेजस्तै भयो, उनका पाँच जना ज्वाइँ निजामती कर्मचारी नै हुन् । एक जना प्राइभेट बैंकमा कार्यरत छन् ।

घरमा दिदीबहिनीको भेट हुँदा प्रशासनिक, राजनीति, समसामयिक विषयमा छलफल हुन्छ । चाडबाडमा छोरीज्वाइँ घरमा आउँछन् । सबै निजामती कर्मचारी भएकाले सबैको बिदा एकैदिनमा मिल्छ । बिदामा घुम्न जान्छन् । भट्टराई दम्पती छोरीहरू अझै ठूलो पदमा पुगेर देशको सेवा गरून् भन्ने चाहना राख्छ । नातिनातिना हेरिदिएर छोरीहरूको काममा उनीहरूले सघाउने गरेका छन् ।

छ जना छोरी सेतो सर्ट, नीलो प्यान्टमा ठाँटिएर अफिस जाँदा भट्टराई दम्पती गर्व महसुस गर्छ । छोरी मात्र होइन, उनका पाँच जना ज्वाइँ पनि निजामती सेवामै कार्यरत छन् । छोरीहरू पालैपालो सरकारी जागिरमा प्रवेश गर्दा घरको वातावरण नै अध्ययनशील बनेको उनीहरू बताउँछन् । ‘एकपछि अर्को छोरीले पहिलो प्रयासमै निजामतीमा प्रवेश गरेको देख्दा गर्व लाग्छ,’ भट्टराई दम्पती भन्छ ।

विदुरको चाहना छ, छोरीज्वाइँले आफ्नो कामको दायित्वअनुसार निष्पक्ष तरिकाले जनतालाई सेवा दिन सकून् । कुनै आर्थिक प्रलोभनमा नपरी देशको सेवा गरून् । उनी भन्छन्, ‘सामान्य रूपमा जीवन गुजाराका लागि सरकारले तलब दिएको छ । कुनै पनि आर्थिक प्रलोभनमा नपरी मेरा छोरीज्वाइँले जनतालाई छिटोछरितो सेवा दिऊन् मेरो इच्छा यति नै हो ।’

सरकारी जागिरे छोरीहरू
विष्णुकुमारी भट्टराई (जेठी) : प्रमुख, पाँचखाल नगरपालिका काभेपलान्चोक
उनी सानैदेखि नेतृत्व लिने स्वभावकी थिइन् । उनले २०४९ देखि अस्थायी बनेर सरकारी सेवामा प्रवेश गरिन् । तीन वर्षसम्म धनकुटामा मुख्य महिला कार्यकर्ता बनेर अस्थायी रूपमा काम गरिन् । २०५५ सालदेखि खरिदारबाट लोकसेवा पास गरी निजामतीमा प्रवेश गरेकी हुन् । उनको पहिलो जागिर गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सुरु भएको हो । अहिले उनी नयाँ संरचनाअनुसार बनेको नगरपालिका प्रमुख बनेकी छिन् । उनका श्रीमान् चन्द्रप्रसाद फुँयाल उपसचिव बाट अवकाश पाईसकेका छन् ।

उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी बनेर डेढ वर्ष काम गरिन् । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा प्रमुख बनेर काम सम्हालिसकेकी छिन् ।

विन्दा आचार्य (माइली) : उपसचिव
२०५५ सालमा मुखिया पदबाट जिल्ला हुलाक कार्यालय ललितपुरबाट काम सुरु गरेकी थिइन्, विन्दाले । उनले स्वास्थ्य मन्त्रालय, पर्यटन कार्यालय सोलुखुम्बु नाम्चेमा कार्यालय प्रमुख रहेर काम गरिसकेकी छिन् । उनका श्रीमान् गणेश आचार्य उपसचिव छन् ।

रमा भट्टराई (साइँली) : उपसचिव
खरिदार पद गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन्, रमाले । उनले वर्गेन युनिभर्सिटीबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी छिन् । यसअघि राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी उनले वैदेशिक रोजगार विभागमा समेत काम गरेकी थिईन । उनका श्रीमान् कोषहरि निरौला मोरंगको प्रमुख जिल्ला अधिकारी छन् ।

रेनु भट्टराई (काइँली) : शाखा अधिकृत
रेनुले सिन्धुपाल्चोक जिल्लामा गाविस सचिवबाट जागिर सुरु गरेकी थिइन् । उनले शाखा अधिकृतबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन् । हाल उनी करदाता सेवा कार्यालय न्यूरोडमा कर अधिकृतको रूपमा कार्यरत छन् । उनका श्रीमान् चिरञ्जीवी तिम्सिना उपसचिव छन् ।

अनु भट्टराई (राइँली) : नेपाल एयरलाइन्समा अकाउन्टेन्ट पदमा कार्यरत छिन्, अनु । दिदीहरूको प्रेरणाले सरकारी जागिरमा प्रवेश गरेकी उनी पहिला विराटनगरमा सहकारी सञ्चालन गरेर बसेकी थिइन् । दिदीबहिनीको प्रेरणाले एक वर्षअघि सरकारी सेवामा आएकी हुन् । उनका श्रीमान् विराटलक्ष्मी बैंक चन्द्रगढी, झापामा म्यानेजरका रूपमा कार्यरत छन् ।

जुनु भट्टराई (कान्छी) : सुब्बा छिन। उनका श्रीमान् मिलन कार्की शाखा अधिकृत छन् ।

सोमबार, साउन ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ५.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • २.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ३.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ४.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ७.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ८.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.