कोरोना कहरबिच परिवारका सदस्यहरु एक पछि अर्को गुमाउनु पर्दाको पिडा निकै हृदयविदारक हुन्छ ।
बाँके नेपालगन्जमा केही दिनको फरकमा एकै घरमा तीन जनाको मृत्युको भएकाे छ । कोरोना पुष्टि भएको ५ मिनेटमै जेठो दाईको मृत्यु भयो । लगातार अर्का भाई र छोराको पनि मृत्यु भयाे ।
विराटनगरमा पनि त्यस्तै घटना घटेकाे छ । विहिवार दिउँसो २ बजे कोरोनावाट मृत्यु भएकी आमाको अन्तिम संस्कार पूरा गर्न नपाउँदै घाटमा दाईको मृत्युको खबर अस्पतालबाट आउँदा ललितले मन थाम्न सकेनन् ।
कोरोना बाट ६७ वर्षीया आमा निलमदेवीको मृत्यु भएपछि कान्छा छोरा ललितले आमालाई मुखाग्नी दिँदै थिए अस्पतालबाट दाजु विनितको मृत्युको खबर आयो।
उनीहरू चिता तयार पारिरहेका थिए। शव व्यवस्थापनको टोलीले चितामाथि शव राखेपछि दागबत्ती दिने बेला हुँदैथियो। यस्तो घटनाले बेगवानी परिवारमा आमाको शव नजल्दै अर्को चिता तयार पार्नुपर्ने अवस्था आएको थियो।
आमाछोरा एकैपटक कोरोना भएर विराटनगर अस्पतालमा भर्ना भएका थिए। आमाको बुधवार सांझ निधन भएको थियो भने छोराको विहिवार निधन भयो । बुवा र कान्छि बुहारी कोरोना जितेर घर फर्किएका थिए । श्रीमतीको मृत्युको खबरले उनलाई पनि स्वास्थ्यमा समस्या भएपछि फेरी अस्पताल भर्ना गरिएको छ । उनलाई जेठो छोराको मृत्युको खबर समेत सुनाएको छैन ।
बेगवानी परिवारका चार भाइ छोरामध्ये विनित र कान्छो छोरा ललित विराटनगर बस्थे। साइँलो कलकत्ता र माइलो काठमाडौं बस्थे। विनित सुनचाँदी व्यवसाय गर्थे।