धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर फेला परेको छ ।
नेपाली सेनाको टोलीले ‘सफा हिमाल अभियान–२०२१ अन्तर्गत फोहर संकलन गर्ने क्रममा बुधबार धौलागिरी हिमालको इटाली आधारशिविरमा ९एन–एसीआर लेखेको हेलिकप्टरको अवशेष फेला पारेको जनाएको छ ।
हेलिकप्टर सन् २००६ मा दुर्घटना भएको एयर डाइनास्टेको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।
यसका साथै सेनाले धौलागिरी आधार शिविरदेखि २ सय मिटर पर दुई मानव अवशेष फेला परेको र मृतकहरुको पहिचान नखुलेकाले छानबिन भइरहेको भनिएकाे छ ।