महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ । केही पहिले गरिएको एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो ।
अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो । जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो ।
अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले लैङ्गिक आधारमा मस्तिष्कको सक्रियता पनि फरक पाइएको बताएका छन् ।
जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘हामीले पुरुष र महिलाबीचका यस्ता भिन्नता पहिचान गरेका छौं, जो अल्जाइमर रोग जस्ता मस्तिष्कसँग जोडिएका विकारलाई लिङ्गका आधारमा जान्न सकिन्छ ।’
याे पनि पढ्नुहाेस्ः
यी हुन् को रोना संक्र मणका ५ खतरनाक लक्षण, जानिराख्नुहोस् !
भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख ५९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। यस अवधिमा १ हजार ७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ।
छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोरोनाबाट हुने संक्रमण र मृत्यु दर दिनप्रतिदिन बढिरहेको छ।विज्ञका अनुसार अहिले कोरोना संक्रमणका नयाँ–नयाँ लक्षण पनि देखापरिरहेका छन्।
यसै सन्दर्भमा भारतस्थित उजाला सिग्नस हस्पिटलका हृदयरोग विशेषज्ञ डाक्टर एस.सी. तिवारीले कोरोना संक्रमणका खतरनाक ५ लक्षणबारे बताएका छन्।



