भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, कृपया पुरा भिडियो हेर्नुहोला ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको र क्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छिन् । स्थानीय प्रशासनले कोदोको र क्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै उनले यस्तो बिचार राखेकी हुन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको र क्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइन् । राईले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको र क्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेकी थिइन् ।
मन्त्री राईले पदभार ग्रहण गर्नुभएलत्तै फेसबुकमा लेखेको स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताएकी छिन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मेकी मन्त्री राईले मन्त्रीको पदभार ग्रहण गरेपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गरेकी छिन् ।
Exclusive, ससुराले बुहारीलाई गर्दै गर्दा छोराले खिचेको घि’न लाग्दो भिडियो बाहिरीयो,
https://youtu.be/xfhvBQOtJxw