नेपाल टेलिभिजनबाट प्रसारित दोहोरि ‘दोहोरी च्याम्पियन’को पहिलो भाग निकै विवादित बन्न पुग्यो । ठुलै राशिको पुरस्कार राखेर आयोजन गरिएको ‘दोहोरी च्याम्पियन’ विवादित बन्नुको मुख्य कारण निर्णायक मण्डलमा बसेकाहरुको बोल्ने शैली बनेको छ ।
पहिलो भाग प्रसारण भएपछी दोहोरी च्याम्पियनमा निर्णायकहरुको अभिव्यक्तिप्रति धेरैले असन्तुष्टि जनाइरहेका छन् । निर्णायकहरु प्रजापति पराजुली, चन्द्र शर्मा, रमेश बिजी र सीता थापाले प्रतिस्पर्धीलाई गरेको कमेन्टलाई लिएर उनीहरुको चर्को आलोचना भइरहेको छ । ‘सुरुवाल छोटो भयो, सुरुवालमा स्पोर्ट्स सुज लगाउनु भएन, तपाईं टेलिभिजनतिर देखिने भाइरल बहिनी हो’ भन्नेजस्ता कमेन्टलाई लिएर दर्शकले निर्णायक नै परिवर्तन गर्नुपर्नेसम्मको असन्तुष्टि राखिरहेका छन् ।
यस बिषयमा चन्द्र शर्मा भन्छन –
डिजिटल अडिसनबाट आएका प्रतिस्पर्धीमध्ये हामीले केहीलाई फिजिकल अडिसनमा ल्याएका हौँ । फिजिकल अडिसन लिने क्रममा करिब आठ घण्टा भएको सु’टिङ, जसमा को कहाँबाट आएको, नाम के हो ? पहिलो शृंखला भएकाले धेरै कुराहरु भएका थिए । तर, सम्पादन गरेर एक घण्टामा झार्ने क्रममा निर्णायक तथा प्रस्तोताहरुले बोलेका धेरै कुराहरु समावेश गरिएको छैन ।
यस्तो हुँदा कहीँ निर्णायकले प्रतियोगीबारे बोल्दा दर्शकको मन दुःखेको होला । यो जगजाहेर नै छ । यो पहिलो शृंखला हो । एक वर्षसम्म यो निरन्तर अगाडि जानेछ । पहिलो प्रश्नमा म तपाईंलाई के ढुक्क पार्न चाहन्छु भने अरु शृंखलाहरु आउँदा हिजो बोलिएका कुराहरुको सन्दर्भ के रहेछ भन्ने स्पष्ट हुँदै जान्छ । सम्पादन गर्ने क्रममा केही कुराहरु काटिएका कारण यस्तो सुनिएको रहेछ भन्ने स्पष्ट हुनेछ ।
गायिका कल्पना दाहालभित्र प्रवेश गरेपछि तपाईं त विभिन्न प्रतियोगितामा प्रथम भइसक्नुभएको गायिका, तपाईं कस्तो राम्रो गायिका, हजुरको यो गरिमा सधैँ उच्च रहोस् भनेर हामीले साढे चार मिनेटमा जि-स्किएर ‘हुन त हो नि तपाईं त्यही यस्तो–यस्तो भएको गायिका हो नि’ भनेर भनेको सन्दर्भमा ३० सेकेन्डको बा-इट्स आइसक्यो । चार मिनेटको कुराकानी आउनै बाँकी छ । अब बाँकी कुरा आएपछि र अरु शृंखला आएपछि तपाईंहरु सबै छर्लंग हुनुहुनेछ ।
यो पनि- आहा ! जज भनेका यस्ता पो – ‘पहिलो भागबाटै दि भ्वाइस अफ नेपाल–३ लाई उत्कृष्ट प्रतिक्रिया’
नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन थालेको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण भएको थियो । तेश्रो सिजनको पहिलो भागबाट नै शोले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । पहिलो भागमा ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् ।
शोको पहिलो भाग नै नेपालमा युटुब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ । एक दिनमै यो शोलाई युटुबमा १३ लाख भन्दा बढीले हेरेका थिए । हालसम्म पहिलो भागलाई युटुबमा १८ लाख भन्दा बढीले हेरिसकेका छन् ।
‘दि भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।
यस्तै, शनिबार प्रशारण भएको ‘ब्लाइन्ड अडिसन’बाट सम्राट राजभण्डारी, अभिषेक बराइली विश्वकर्मा, सुमन नेपाली, अफ्रिता खड्गी, सुनिलथापा मगर, शर्मिला आचार्य, निर्मला घले छनोट भएका छन् । शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३’को दोश्रो भागले पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो शोमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ निर्णायकको रुपमा छन् ।
भर्खरै दोहोरी च्याम्पियनका निर्णायकहरुबाट नमिठो अनुभव नेपाली श्रोता दर्शकले दि भ्वाइस अफ नेपालका निर्णायकहरुको प्रसंसा गरेका छन्। सामाजिक संजाल फेसबुकमा टिप्पणी गर्दै सन्तोष डिसी लेख्छन्, ‘आहा जज भनेको त यस्तो पो हुनुपर्छ नया कलाकारआई हौसलादिने न कि दोहोरी च्याम्पियनका जस्ता व्यक्तिगत टिप्पणी गर्ने।’