• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय समाचार

भारी हिमपातले हिल्सामा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा प्रभावित


हुम्ला,असोज १६-  हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामा रोकिएको उहाँले बताउनुभयो ।

हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ । हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने बताइएको छ ।

हिल्सा पुग्ने बाटो खुलाउन चुनौती

चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ अझै केही समय लाग्ने बताइएको छ । हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ ।

हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उहाँले बताउनुभयो । हिल्सामा एउटामात्रै स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समस्या रहेको उहाँको भनाइ छ । स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।

छ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन

यस वर्ष हालसम्म हिल्सानाका हुँदै छ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन् । अध्यागमन अधिकृत पौडेलका अनुसार कैलाश मानसरोवर जाने पर्यटकमा अधिकांश भारतीय नागरिक छन् । त्यसपछि बेलायत, अमेरिका र नेपाली रहेका छन् ।

यस वर्ष कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिनै लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।रासस

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते
पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

लोकप्रिय

भर्खरै

  • १.
    सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

  • २.
    पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  • ३.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ८.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.