• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय समाचार

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित


गैँडाकोट । एम्स एब्रोड एजुकेसन गैँडाकोटले जापान जान लागेका विद्यार्थीहरूलाई लक्षित गर्दै जापानसम्बन्धी शैक्षिक परामर्श तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गैँडाकोट नगर खेलकुद विकास समितिका पदाधिकारीहरूलाई सम्मानसमेत गरिएको छ।

सोमबार गैँडाकोट नगरपालिका–५, कालीगण्डकी चोकस्थित एम्स एब्रोड एजुकेसनको सभाहलमा आयोजित कार्यक्रममा जापानमा अध्ययन तथा बसाइका क्रममा विद्यार्थीहरूले सामना गर्न सक्ने सम्भावित समस्या, त्यसका समाधानका उपाय तथा जापान पुगेपछि अपनाउनुपर्ने आवश्यक प्रक्रियाका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा गैँडाकोट नगरपालिका–२ का वडा अध्यक्ष प्रकाश सापकोटाले वैदेशिक अध्ययन तथा रोजगारीका लागि विदेश जानुपर्दा आधिकारिक तथा कानुनी रूपमा सञ्चालन भएका संस्थामार्फत मात्रै सेवा लिन विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्नुभयो। उहाँले सकेसम्म स्वदेशमै अवसर खोज्नुपर्ने र विदेशमा हासिल गरेको ज्ञान, सीप तथा अनुभवलाई नेपाल फर्किएपछि देशको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

जापानसम्बन्धी परामर्शका क्रममा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका सञ्चालक वाइबी पौडेलले जापानमा विद्यार्थीहरूले सामना गर्न सक्ने समस्या, त्यसको समाधानका उपाय तथा जापान पुगेपछि गर्नुपर्ने आवश्यक कामका विषयमा जानकारी गराउनुभयो।

एम्स एब्रोड एजुकेसनका सञ्चालक कृष्ण कँडेलले विद्यार्थीहरू आवश्यक भाषा तथा सीपमा दक्ष भएर जापान गएमा अध्ययन र बसाइ सहज हुने बताउनुभयो। उहाँले जापानका लागि सीओई (COE) प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई दिँदै आवश्यक दर्ता तथा कानुनी प्रक्रिया पूरा गरी शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रममा गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले समितिलाई सम्मान गरेकोमा एम्स एब्रोड एजुकेसनप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संस्थाले खेलकुद क्षेत्रको विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो।

समितिका सदस्य डिलकुमारी घिमिरेले गैँडाकोटमा खेलकुदको विकासका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले खेलाडी र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, गरिमा विकास बैंक गैँडाकोटका क्रेडिट इन्चार्ज विश्वभूषण श्रेष्ठले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूले बैंकिङ प्रक्रियामार्फत प्राप्त गर्न सक्ने शैक्षिक ऋण तथा अन्य बैंकिङ सुविधाका विषयमा जानकारी गराउनुभयो।

कार्यक्रममा गैँडाकोट शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत रामप्रसाद अधिकारी, कम्प्युटर अपरेटर नेहाल गौतम, एम्स एब्रोड एजुकेसनका कर्मचारी, खेलकुदप्रेमी, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विज्ञानपुरी र सुलभ लामिछानेले जापानी तथा नेपाली भाषामा स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण एम्स एब्रोड एजुकेसनका काउन्सिलर दिनेश पण्डितले गर्नुभएको थियो।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय

भर्खरै

  • १.
    सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

  • २.
    पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  • ३.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ८.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.