• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भरतपुरको छ लेन सडक ओलीले नै उद्घाटन गर्ने,भोलि चितवन आउँदै


चितवन,बैशाख ४-  प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउने भएका छन । भरतपुरको छ लेन सडक उद्घाटन लगायतका कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन । संघीय सरकारको बजेटमा विस्तारको काम सकिएको ६.८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । ओलीले २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए ।

यसअघि गएको चैत २५ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि प्रधानमन्त्री ओली आउन नभ्याएपछि रोकिएको थियो। सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन ओली चितवन आउन लागेको संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाकाको प्रशासकीय भवन उद्घाटन र नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन । यस्तै प्रधानमन्त्री ओलीले भोलिनै नारायणगढ-बुटवल सडकखण्डको निरीक्षण समेत गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय यो सडक निर्माणले पनि गति लिन थालेको छ ।

चितवनको मुख्य बजार नारायणगढदेखि पूर्वतर्फ गोन्द्राङसम्मको ६ किलोमिटर लामो ‘सिक्स लेन’ सडक विस्तारको काम सकिएसँगै भरतपुर-नारायणगढ सडक क्षेत्र चिटिक्क देखिएको छ । सडक विस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रालिले सडक विस्तारको काम गत २८ पुसमा सकिएको जनाएको छ । सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सडक विस्तारको काम विभिन्न अवरोधका बाबजुद पनि सम्पन्न भएको बताए । उनले कोभिड महामारी, निर्माण सामग्रीको अभाव, सरकारले बजेट निकासमा गरेको ढिलाइ, खानेपानीको पाइप लाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काउन भएको समस्याले गर्दा समयमा नै काम सम्पन्न गर्न समय लागेको बताए ।

निर्माण कम्पनी सगुनले २८ महिनाभित्र काम सक्ने गरी २६ असोज २०७७ मा ठेक्का सम्झौता गरेको थियो । सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको हो । सडक विस्तारसँगै दुवैतर्फ ६ सय सडक बत्ती जडानको काम पनि सकिएको छ । रातको समयमा बत्ती बल्दा सडक झिलिमिली देखिन्छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ ।

 

बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.