• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

समयमै रासायनिक मल उपलब्ध गराउन किसानको माग

चितवन, २५ माघ । चितवनका केरा उत्पादक किसानहरुले पर्याप्त मात्रामा रासायनिक मल पाउन नसक्दा केरा उत्पादनमा समस्या आएको गुनासो गरेका छन् ।
शुक्रबार कालिका नगरपालिकामा आयोजित केरा उत्पादक संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको क्रममा अधिकांश किसानहरुले समयमा रासायनिक मल पाउन नसकेको गुनासो गरेका हुन् । रासायनिक मलसँगै कुखुराको मल पाउन समेत समस्या देखिएको उनीहरुको भनाइ छ ।
केरा उत्पादक संघ चितवनका अध्यक्ष माधव प्रसाद घिमिरेले भारतीय केराका कारण नेपाली केरा बिक्रीमा समस्या, स्थानीय मालभोग जातको केरामा पानामा रोगको संक्रमण, नयाँ केरा खेतीको बिमा नहुने र क्षतिको रकम पाउन समस्या रहेको बताउनुभयो । सरकारले नेपाली केरा किसानहरुको समस्या सम्बोधन गर्नुपर्नेमा घिमिरेले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलमा मात्रै जोड नदिन कृषकहरुलाई आग्रह गर्नुभयो । सरकारले मल पु¥याउन नसकेर भन्दा पनि भविष्यलाई सोचेर रासायनिकसँगै प्राङ्गारिक र जैविक मल प्रयोग गर्न आग्रह गर्नुभयो । कृषि क्षेत्रमा लाग्ने अधिकांश किसानको अवस्था राम्रो नभएको भन्दै यसको सुधारका लागि सरकारले ऐन ल्याउन लागेको उहाँले बताउनुभयो ।
आफू मन्त्रालयमा बस्दा सकेसम्म राम्रो काम गर्ने तर कलङ्कको टीका नलगाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मागेर खान हुने तर काम गरिदिन्छु भनेर ठगेर खान नहुने मन्त्री अधिकारीले बताउनुभयो । ‘ठग्ने भनेको एक किसिमको पाप हो’ उहाँले भन्नुभयो, ‘त्यो पाप मरेपछि होइन जिउँदैमा भोग्नुपर्छ, त्यसैले ठग्नु हुँदैन बरु मागेर खाँदा हुन्छ ।’
चितवनमा सात सय जना किसानले तीन हजार बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका संघका सचिव जनकराज पन्तले बताउनुभयो । वार्षिक रुपमा चितवनको केरा व्यवासयले दुई अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने भन्दै जिल्लामा केरा उत्पादनमा सक्रिय किसानमध्ये ७० प्रतिशत युवा रहेका बताउनुभयो । किसानहरुले केरालाई राष्ट्रिय बालीमा सूचीकृत गरी विकास बार्ड स्थापना गर्नुपर्ने, टिस्यू कल्चर बिरुवाका लागि पहल गर्नुपर्ने, केराखेती विस्तार गर्नुपर्ने, केरा आयात गर्दा निश्चित समयका लागि भन्सार बन्द गर्नुपर्ने, केरा सहकारी निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
साधारणसभाका अवसरमा विभिन्न संघसंस्थाका व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कृषक पुरस्कारबाट अमरबहादुर तामाङ, रामप्रसाद पाण्डे, अर्जुन चौधरी, सागर भट्टराई, आसिका मल्ललाई सम्मानित गरिएको संघका सचिव पन्तले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यष उमेश श्रेष्ठ, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद भट्टराई, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल, वरिष्ठ कृषि अधिकृत इन्द्रप्रसाद शर्मा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ, नेपाल केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्त, चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदी, निवर्तमान अध्यक्ष घननाथ महतोलगायतले मन्तव्य राख्नुभएको थियो ।
बन्दसत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भइरहेको संघका सचिव पन्तले बताउनुभयो ।

शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.