• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

  • ८. आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

डेढ करोडको जग्गा ३५ लाखमा लिलाम गरेको भन्दै बैंकविरुद्ध आन्दोलन

सिरहा, पुस २६-  करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै कृषि विकास बैंक लहान शाखाविरुद्ध स्थानीय आन्दोलित भएका छन्। उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे।

आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए। यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए। झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारीको संख्या यकिन नभएको बताए।

प्रहरी प्रवक्ता पासवानका अनुसार केही आन्दोलनकारी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय लहानमा राखेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ । स्थिति सामान्य भएपछि चार घण्टापछि दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको थियो ।

स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते ३० लाख ‘ओडी’ ऋण लिएका थिए । झण्डै चार वर्षअघि लिएको ऋणको सावाँ र ब्याज गरी हालसम्म १९ लाख ९२ हजार ७७३ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नुपरेको ऋणी यादवले बताए।

यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले यस कृषि बैंकमा तालाबन्दी गरेका थिए। सोही दिन आन्दोलनकारी र बैंकबीच वार्ता भएर आठ घण्टापछि साँझ तालबन्दी खुलेको थियो । सो वर्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानुनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदाले बताए।

‘दुई पक्षबीच भएको सहमति पालना नहुँदा आन्दोलन चर्कियो। यहाँ बैँकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्याङ्कन ८० लाख गरेर ३० लाख ऋण स्वीकृत गरेको देखिन्छ । तर, चार वर्षपछि जग्गाको भाउ बढ्नुको सट्टा घटाएर ६५ लाख मूल्याङ्कन गरी ३५ लाखमा लिलामी गरिनुले कुनै न कुनै खोट देखिन्छ’, शारदाले भने।

चलनचल्ती अनुसार एक करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमा लिलाम गरिदिएको पीडित यादवले बताए। ‘गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनी घर बनायौँ । तर, त्यो बैंकले लिलाम गर्दा बेघर भयौँ’, उनले भने, ‘सोझो मान्छे जसरी पनि ठगिने रहेछ । हामीलाई सरकारले न्याय गर्नुपर्छ।’

यता कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको छ। जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गरे ।

‘हामीलाई प्राप्त सूचनाअनुसार २०७९ सालदेखि ऋणीले सावाँ ब्याज नबुझाएको र सम्बन्धित बैंकले चारपटक सूचना निकाली जग्गा लिलाम सकार गरेको बुझिन्छ’, उनले भने, ‘प्रक्रिया नमिलेको वा चित्त नबुझेको भए कानुनसम्मत रूपमा आउनुभयो भने राष्ट्र बैंकले सहजीकरण गर्छ।’ रासस

शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

  • ३.
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७.
    यस्तो छ आजको मौसम

  • ८.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.