नायिका छुल्ठिम गुरुङले पनि बलिउडका चर्चित अभिनेता सोनु सुदलाई भेटेकी थिइन्। छुल्ठिमले सोनुलाई गत वर्ष भेटेर सामाजिक संजालमा तस्विर पोष्ट गरेसँगै नेपालमा उक्त तस्विरले पनि राम्रै चर्चा पायो ।
दबंग, सिम्बा, लगायतका सुपरहिट बलिउड फिल्ममा भिलेनको भूमिकामा देखा परेका सोनुले पछिल्ला दिनमा समाजसेवाका कारण निकै चर्चामा छन् ।
त्यस्तै कुनै समयकी सर्वाधिक चर्चित नायिका निरुता सिंह पछिल्ला केही वर्षदेखि भारतमा नै बसोबास गर्छिन् । उनले बलिउडका केही चलचित्रकर्मीहरुसँग संगत गरेका तस्विरहरु पनि बाहिरिएका थिए ।
नायिका निरुताले केही समय अगाडी नेपाल फर्केर दाल भात तरकारी र क्याप्टेनको एउटा गीतमा अभिनय गरेकी थिइन् ।
नायिका सुष्मा कार्की बलिउड नायक सलमान खानसँगको एउटा तस्विरका कारण रातारात चर्चामा आइन् । नेपालमा खासै नचलेकी यि सुन्दरी सलमानसँगको उक्त तस्विरका कारण केहि समय चर्चामा रहिन ।
उध्रेको चोली आइटम गीतबाट राम्रो चर्चा बटुलेकी सुष्माले फिल्मबाट उनि टाढा जस्तै छिन् । तर उनि बिभिन्न कन्ट्रोभर्सीका कारण चर्चा र बिवादमा रहन्छिन्।
उनको अभिनेता अनुपम खेरसँग खिचाएको तस्विर एक समय भाइरल बनेको थियो । लकडाउनको समयमा नेपाल आएकी नायिका कार्की अहिले म्यूजिक भिडियोमा ब्यस्त छिन् ।
त्यस्तै नायिका जेनिसा केसीसँग केही वर्ष अगाडी खिचाएको तस्विर पनि भाइरल बनेको थियो । नायिका केसी केही समय बलिउडमा नै बसेकी थिइन् । तर अहिले उनी फेरी गुमनाम छिन् ।
त्यस्तै मोडल तथा भिजे सोनिका रोकायाले पनि केही महिना पहिले बलिउडका चर्चित कमेडियन कपिल शर्मासँग अन्तरवार्ता नै गरेपछि उनको चर्चा थप चुलिएको थियो । सोनिकाले कपिलकै कार्यक्रममा पुगेर उनीसँग खिचाएका तस्विर भाइरल भएका थिए ।
नेपालबाट बलिउडमा गएर संघर्ष गर्ने कलाकारहरुको संख्या पछिल्ला दिनमा बढेको छ । अभिनेत्री उषा पौडेलले भारतमा लामो समय संघर्ष गरेको बताइन्छ । उनी केही हिन्दी सिरियलमा देखा परेकी थिइन् । त्यस्तै नायिका सुर्बिना कार्कीले पनि भारतमा नै गएर अभिनय सम्बन्धी क्लास लिएको बताएकी छिन् ।