बाहुबली २ को चर्चा सामाजिक संजालमा अहिले पनि त्यतिकै रुचाइएकाे छ । बाहुबली २ले चर्चासगै भारत लगायत पुरै विश्वका ६ हजार बढि हलमा धुम मच्चाईरहेको छ । यसले पहिलो हप्ता नबित्दै ५ सय करोड बढि ग्रस कलेक्सन गरेर बलिउडको करोड क्लव फिल्मलाई दिएकाे थियाे ।
खासमा बाहुबली २ को सफलता भनेको यसको निर्देशक र कलाकारको निकै ठूलाे मेहनत रहेकाे छ । तर यो फिल्मको लागि कलाकार निर्देशकले जति मेहनत गरे, त्यस फिल्मबाट उनीहरुले लिएकाे पारिश्रमिकले बलिउडका शाहरुख खान देखि सलमान खानलाई जित्न सफल भएकाे छ ।
हेर्नुहोस् कति पारिश्रमिक लिएका थिए यी कलाकारले बाहुबली २ बाट:
– बाहुबली – प्रभास
बाहुबली र बाहुबली २ का मुख्य पात्र अभिनेता प्रभासले आफ्नो दमदार अभिनयले सबैकाे मनमा बस्न सफल भएका छन् । दक्षिण भारतमा दर्शकले उनको फोटोमा दुध समेत चढाएका थिए । प्रभासले बाहुबली २ बाट पारिश्रमिक बापत २५ करोड लिएका थिए ।
– शिवगामी देवी – रम्या कृष्णा
त्यस्तै, बाहुबली २ की राजमाता शिवगामी देवी बनेकी रम्या कृष्णाले अढाइ करोढ रुपैँया पारिश्रमिक पाएकी थिइन् । उनकाे अभिनय पनि दर्शकले निकै रुचाएका थिए ।
– अवन्तिका – तमन्ना भाटिया
यसैगरी, बाहुबलीकी अवन्तिका एक सुन्दर लडाकु केटी अवन्तिका यानी तमन्ना भाटियाले यो फिल्मबाट २ करोड पारिश्रमिक लिएकी थिइन् । बाहबुली १ र बाहुबली २ बाट भने समग्रमा ५ करोड रुपैँया उनले पाएकी थिइन् ।
– भल्लालदेश – राणा दग्गुबत्ती
उक्त फिल्ममा हिरोलाई सँधै टक्कर दिने एक मात्र पात्र हुन् सुपर भिलेन राणा दग्गुबत्ती । उनी नभएको भए प्रभासकाे फिल्मले चर्चा पाउने थिएन हाेला किनकि जुन फिल्ममा पनि एक भिलेनकाे चाहिन्छ नै । उनले यो फिल्मबाट १५ करोड रुपैँया लिएका थिए ।
– देवसेना – अनुष्का शेट्टी
बाहुबली २ की मुख्य अभिनेत्री अनुष्का शेट्टी अमरेन्द्र बाहुबलीको श्रीमतिको भूमिकामा देखिएकी छिन् । उनले यो फिल्मबाट ५ करोड पारिश्रमिक लिएकी थिइन् ।
– कटप्पा – सत्यराज
बाहुबली २ को कथा नै कटप्पा माथि घुमेको थियो भन्दा पनि हुन्छ । बाहुबली हेरेका दर्शकले बाहुबली २ मा यहि प्रश्नको उत्तर खोजेका थिए की खासमा बाहुबलीलाई कटप्पाले किन मारे ? कसको आदेशमा मारे ? बाहुबली २ मा यसको उत्तर दर्शकले पाएका पनि छन् । यति गहन कथा बोकेका कटप्पाले यो फिल्मबाट २ करोड पारिश्रमिक लिएकी थिइन् ।