Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक


चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ ।

चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र आधुनिक गीतकै भिडियोमा काम गरेर करिअर अगाडि बढाइरहेका मोडलहरुको पारिश्रमिक भने चलचित्रका कलाकारले लिने जस्तो महंगो छैन ।

गायकद्धय प्रकाश सपूत, दुर्गेश थापा लोकदोहोरी गीतका भिडियोमा काम गर्ने महंगा मोडल हुन् । उनीहरुले ५० देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । त्यस्तै, अहिले मोडल रियाशा दाहालको माग पनि लोकदोहोरीमा राम्रै छ ।

उनी लोकदोहोरी भिडियोमा अभिनय गरेको ६० हजारसम्म पारिश्रमिक लिन्छिन् । केही वर्ष पहिलेसम्म लोकदोहोरीमा शंकर बिसीको दबदबा थियो । तर, अहिले उनी सुस्ताएका छन् । उनले एउटा भिडियोमा काम गरेको ३० हजार पारिश्रमिक लिन्छन् ।

गायक रामजी खाँण पनि केही समय पहिलेसम्म लोकदोहोरी भिडियोमा बाक्लै देखिन्थे । हिजोआज भने रामजी पनि केही सुस्ताएका छन् । उनले एउटा भिडियोमा अभिनय गरेको २० देखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । यस्तै, खेम सेञ्चुरीले लोकदोहोरी गायकका रुपमा मात्र नभई कलाकारका रुपमा पनि राम्रो पहिचान बनाएका छन् । उनी पनि राम्रै पारिश्रमिक लिन्छन् ।

गायक पुश्कल शर्माले लोकदोहोरी भिडियोमा काम गरिरहेका हुन्छन् । उनले ३० हजार पारिश्रमिकमा भिडियोमा अभिनय गर्ने निर्देशकहरु बताउँछन् ।

३–४ जनालाई छाड्ने हो भने अधिकांशको डिमाण्ड १५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ । कोही १५ हजारमै पनि खेल्छन् । कोहीले ३० हजारसम्म माग्ने

पछिल्लो समय सुनिल क्षेत्रीले धेरै लोकदोहोरी भिडिया कोरियोग्राफी तथा अभिनय गरेका छन् । डान्सिङ विटका गीतमा सुनिलको डिमाण्ड राम्रो छ । उनले ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिने बुझिएको छ ।

अहिले लोकदोहोरीमा व्यस्त मोडलहरु हुन्, अञ्जली अधिकारी, करिष्मा ढकाल, सारिका केसी, लोमश शर्मा, विमल अधिकारी, आयुष्मा कार्की । यी मोडलहरु लोकदोहोरीमा अभिनय गरेको १५ देखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।

रञ्जिता गुरुङ, महेन्द्र गौतम, सगुन शाही, आशा खड्का लगायत पनि लामो समयदेखि लोकदोहोरीमा सक्रिय छन् । यी मोडलहरु पनि १५ देखि ३० हजार पारिश्रमिकमा लोकदोहोरी भिडियोमा काम गर्दै आएका छन् ।

एक लोकदोहारी भिडियो निर्देशकले भने–‘३–४ जनालाई छाड्ने हो भने अधिकांशको डिमाण्ड १५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ । कोही १५ हजारमै पनि खेल्छन् । कोहीले ३० हजारसम्म माग्ने गरेका छन् । पारिश्रमिकमा सम्बन्धले पनि अर्थ राख्ने निर्देशकहरुको भनाई छ ।

पछिल्लो समयमा चक्र बम, अर्जुन गौतम, जुना गुरुङ, ओबी रायमाझी, एलिना रायमाझी, अनु पराजुली, साया भण्डारी, जुना गुरुङ्ग, जय देवकोटा, देबेन्द्र क्षेत्री, जुना सुन्दास, रीना थापा, आरुषी मगर लगायत पनि लोकदोहोरीमा काम गरिरहेका मोडल हुन् । उनीहरु १० देखि २५ हजार रुपैयाँसम्ममा अभिनय गर्ने निर्देशकहरु बताउँछन् ।

त्यस्तै, टिकटकबाट उदाएकामध्ये गरिमा शर्मा, उषा उप्रेती, गीता ढुंगाना पनि लोकदोहोरीमा देखिरहेका छन् । उनीहरुले १५ हजार रुपैयाँदेखि ३०–३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने निर्देशकहरु बताउँछन् ।

लामो समयदेखि लोकदोहोरीमा सक्रिय र व्यस्त मोडलहरुको व्यस्तता हिजोआज भने घटेको छ । चलचित्रसँगै आधुनिक गीतका मोडलहरु समेत लोकदोहोरीमा देखिन थालेसँगै उनीहरुको व्यस्तता कम भएको हो ।

लोकदोहोरीमा महंगो पारिश्रमिक लिएर चलचित्रका कलाकारहरु देखिन थालेसँगै लोकदोहोरी भिडियोमा काम गर्दै आएका मोडलहरुले पारिश्रमिक भने केही बढाएको निर्देशकहरु बताउँछन् ।

बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

भर्खरै

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.