• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

दिक्तेलमा ‘खोटाङ फ्युल सेन्टर’  


खोटाङ, २४ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडामा करिब रु छ करोड लगानीको ‘खोटाङ फ्युल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । नेपाल आयल निगमको आधिकारिक बिक्रेताका रूपमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ सोमबारदेखि २४ सै घण्टा खुला रहनेगरी सञ्चालन ल्याइएको हो ।

स्थानीय केशव थापा, रामेश्वर बराल र सरोज श्रेष्ठको संयुक्त लगानीमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले सेन्टरको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । करिब पाँच वर्ष लगाएर स्थापना गरिएको फ्युल सेन्टरको औपचारिक उद्घाटन गरिएलगत्तै नियमित सेवासमेत प्रवाह गरिएको सञ्चालक सञ्जिव थापाले जानकारी दिनुभयो ।

औपचारिक रुपमा सञ्चालन गरिएको फ्युल सेन्टरमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ ४० पैसा तथा डिजेल प्रतिलिटर १५९ रुपैयाँ ३० पैसामा बिक्री/वितरण सुरु गरिएको छ । पाँच वर्षअघि (विसं २०७६ जेठ–२८ गते) नेपाल आयल निगमबाट स्वीकृति लिएर स्थापना गरिएको फ्युल सेन्टरले पेट्रोल र डिजेल दुवैमा चार÷चारवटा नुजल जडान गरेर एउटै समयमा चारवटा सवारी साधनमा पेट्रोलियम पदार्थ वितरण सुरु गरेको हो ।

फ्युल सेन्टर स्थापनाका लागि जग्गा खरिदमा रु दुई करोड, घडेरी सम्याउन तथा पर्खाल निर्माणमा रु एक करोड, ट्रस निर्माणमा रु एक करोड, ट्याङ्की निर्माणमा रु २५ लाख, मेसिन खरिदमा रु ३० लाख, घर निर्माणमा रु ३५ लाख तथा अन्य संरचना निर्माणमा रु ९० लाख खर्च भएको लगानीकर्ता केशव थापाले जानकारी दिनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘खोटाङ फ्युल सेन्टर’सँगै दुईवटा फ्युल सेन्टर भएका छन् । ‘खोटाङ फ्युल सेन्टर’ रहेको स्थानभन्दा करिब ३०० मिटर टाढा स्थानीय महेन्द्र राई र ध्रुब श्रेष्ठको संयुक्त लगानीमा सात वर्षअघि हलेसी आयल ट्रेड एण्ड सप्लायर्स नामको पेट्रोल पम्प सञ्चालन गरिएको थियो ।

हलेसी आयल ट्रेड एण्ड सप्लायर्सले प्रयाप्त पेट्रोल वा डिजेल उपलब्ध गराउन नसक्दा जिल्लामा सञ्चालित विकासे योजनाका ठेकेदारहरू आफूलाई आवश्यक पर्ने डिजेल तथा पेट्रोल खरिद गर्न ठूला शहर पुग्नुपर्ने बाध्यता थियो । आयल निगमको आधिकारिक बिक्रेताका रुपमा स्थापना गरिएको खोटाङ फ्युल सेन्टर सञ्चालनमा आएपछि डिजेल र पेट्रोलको कालोबजारीसमेत रोकिने अपेक्षा गरिएको छ ।

सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.